काठमाडौं । सतिसाले युनियन केराबारीले पहिलो माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मोरङको बेलबारीस्थित नक्सल फुटबल चौरीमा बिहीबार भएको फाइनलमा विराटनगर फुटबल क्लबलाई टाइब्रेकरमा ८-७ गोल अन्तरले हराएर सतिसाले च्याम्पियन बनेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित र थप गरिएको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
उपाधिसँगै सतिसाले ५१ हजार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ३१ हजार प्राप्त गर्यो ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।