बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘प्रशिक्षण तत्काल सुरु हुँदैन’

मंगलबार, २१ पौष २०७७गिता राई
‘प्रशिक्षण तत्काल सुरु हुँदैन’
Loading ad...
mustang rice ad

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण नेपाल सरकारले गत वर्षको चैतबाट लकडाउन लगाएको थियो ।

लकडाउनसँगै खेलकुद गतिविधि पनि ठप्प भयो । जसमा नेपालको राष्ट्रिय खेल भलिबल अछुतो रहेन ।

सरकारले लगाएको लकडाउन साउनबाट खुलिसकेको छ । तर, नेपाल भलिबल संघले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न सकेको छ ।

क्रिकेट, फुटबल लगायतका खेलहरुले प्रशिक्षण सुरु गरिसक्दा भलिबलले प्रशिक्षणको तयारी गर्न सकेको छैन ।

सरकारले राष्ट्रिय खेल घोषणा गरेपछि हौसिएका खेलाडीहरु लामो समय भलिबल कोर्ट बाहिर रहदा निराश देखिन थालेका छन् ।

खेलाडीहरु प्रशिक्षणको दिन कुरेर बसेका छन् । तर, संघले तत्काल प्रशिक्षण थाल्ने योजना बनाएको छैन ।

भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले खेलाडीको स्वास्थ्य जिम्मेवारी लिन सक्ने अवस्था नभएकोले प्रशिक्षण सुरु गर्न नसकिएको बताउछन् ।

‘कोभिडले हामी सबैलाई दुख दिइरहेको छ । यस्तो अवस्थामा कति प्रतिशत खतरा मोल्ने ? त्यसको जवाफदेहिता र जिम्मेवारी कस्ले लिने भन्ने कुरा गहन रुपले हेर्नुपर्छ,’ अध्यक्ष शर्माले भने, ‘खेलाडीलाई कोरोना भएमा उपचार कस्ले गर्ने र पैसा कहाँबाट ल्याउने र केहि दुर्घटना भएका त्यसको जवाफदेहिता कस्ले लिने ? त्यसैले मैले माघ महिनासम्मको लागि रोकेको हुन् ।’

अध्यक्ष शर्माले सरकार, राष्ट्रिय खेलकुद परिषदले जिम्मेवारी लिएका संघले तत्काल प्रशिक्षण थाल्ने समेत बताए । प्रशिक्षणको रहरले पछि पछुतो नहोस भनेर संघ अघि बढ्न नसकेको समेत उनले बताए ।

‘खेलाडीले खेल्न नपाएको धेरै भईसक्यो । प्रशिक्षणका लागि आतुर छन् । हामीलाई पनि सकेसम्म चाडै प्रशिक्षणमा फर्काउ भन्ने छ । परिषदसँग परामर्श भइरहेको छ । पीसीआर परिक्षण गर्न र खेलाडीको जवाफदेहिता लिन परिषद र सरकार अघि बढेका हामी तयारी गराउन सक्छौ,’ अध्यक्ष शर्मा भन्छन् ।

यस्तै भलिबल संघले माघको बोर्ड बैठकबाट प्रशिक्षणबारे निर्णय गर्ने तयारी समेत गरेको छ ।

संघका कोषाध्यक्ष सुनकेशरी मालीले संघको कमजोर आर्थिक अवस्था र प्रशिक्षण गर्ने ठाउको अभावको कारण तत्काल प्रशिक्षण थाल्न नसकिएको बताईन् ।

‘सबै प्रतियोगिताहरु २०२१ मा हुने तय भएको छ । त्यसको लागि प्रशिक्षण ३–४ महिना अगाडि गर्दा भईहाल्छ । लामो समय प्रशिक्षण गर्दा त राम्रै हो तर प्रशिक्षण गर्ने ठाउँको अभाव छ,’ मालीले भनिन्, ‘संघको खातामा पैसा नै हुँदैन किनकि भलिबल गर्ने आयोजक हो नाफा लिने, पैसा बचाएर राख्ने भन्ने हुँदैन । निकै चुनौती छ ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !