कलंकीमा मुवाथाई क्लब
बिहिबार, ०९ पौष २०७७खेलपाटी संवाददाता

नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपति रिबिन काटेर क्लबको उद्घाटन गर्दै । फाेटाे : राखेप
काठमाडौं । कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ ।
कलंकीस्थित जनपद माविमा खोलिएको क्लबको नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहिबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
क्लबमा हाल २० खेलाडी रहेको क्लबका अध्यक्ष सैलेश प्रजाले बताए ।
खेलाडीलाई सन् २०१७ का विश्व च्याम्पियन समेत रहेका राहुल ठोकर लामाले प्रशिक्षण दिइरहेका छन् ।
कलंकीमै क्लबको कार्यालय पनि स्थापना गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई संघका सदस्य साजन मालीलगायतको उपस्थिति थियो ।






%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)






-1769690582903.jpeg&w=3840&q=75)
