‘ओल्ड लेडी’ का दु:ख

एजेन्सी । पछिल्लो २४ घण्टा युभेन्ट्सका लागि निकै खराव रह्यो, त्यो पनि ठ्याक्कै क्रिसमस अगाडि ।
मंगलबार राति समाचार आयो, नेपोलीविरुद्ध हुन नसकेको खेलमा युभेन्ट्सले जुन ३–० को जित र तीन अंक प्राप्त गरेको थियो, त्यो अब रद्द भएको छ । अब त्यो खेल फेरि हुनेछ ।
त्यसका अबेर राति १० खेलाडीमा सीमित युभेन्ट्स आफैले घरमा भएको खेलमा फियोरेन्टिनालाई तीन अंक आत्मसमर्पण गर्यो, ३–० को हारसँगै । यो युभेन्ट्सका लागि स्तब्धपूर्ण हार रह्यो । यससँगै युभेन्ट्स लिग तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानसँग आठ अंकले पछाडि रह्यो ।
यस्तोमा आन्द्रे पिर्लोको टिमलाई सिरी ‘ए’ उपाधिको रक्षा गर्न गाह्रो हुने देखिएको छ । युभेन्ट्सलाई ‘ओल्ड लेडी’ भनिन्छ, अब यसका दु:खका दिन सुरु हुन बेर छैन् । फियोरेन्टिनाविरुद्धको हार खासमा धेरै आश्चर्यजनक पनि छैन्, किनभने पछिल्लो समय टिमको प्रदर्शन कहाँ ‘आहा’ भन्न लायक छ र ?
सिजनको सुरुताका क्लबको मुख्य प्रशिक्षकमा पिर्लोको नियुक्तिलाई लिएर प्रश्न गर्ने पनि थिए । उनी खेलाडीका रूपमा पक्कै पनि ‘लेजेन्डरी’ हुन्, प्रशिक्षकका रूपमा त पक्कै कच्चा पनि छन् । खासमा पिर्लोले ठूलो टिम यति ठूलो अवसरमा हेरेको यो नै पहिलो पल्ट थियो ।
मउरिजो सारीको असफतापछि उनले मौका पाएका थिए । तर सारी र पिर्लोबारे तुलना गर्दा ‘कता हो कता’ हुने गरेर अन्तर देखिसकेको छ । गत सिजनको तुलनामा ठीक यही मोडमा युभेन्ट्स अहिले ११ अंकले पछाडि परिसकेको छ । मैदानमा सुन्दर फुटबल नखेलाएको आरोपमा पूर्व चेल्सी व्ययवस्थापक वर्खास्तीमा परेका थिए ।
लियोनसँग हारसँगै बाहिरिएको युभेन्ट्सको युरोपेली च्याम्पियन्स लिगमा प्रदर्शन पनि ठीक थिएन् । तर अब के त, त्यो भन्दा खराव प्रदर्शनको स्थितिमा ? यो सिजन धेरै अर्थमा युभेन्ट्सको प्रदर्शन भन्दा दुई मिलान क्लबको खेल राम्रो र आकर्षक रहेको छ । त्यसैले एसी र इन्टर मिलान अंक तालिकामा अगाडि पनि छन् ।
पिर्लो आफैले पनि फियोरेन्टिनासँगको हारपछि मानेका छन्, इटालीको फुटबलमा युभेन्ट्स अब त्यस्तो टिम रहेन, जुन यसअघि थियो । उनले भनेका छन्, ‘एसी मिलान र इन्टर मिलान हामी भन्दा अंक तालिकामा अगाडि छन् भने पक्कै ती दुवै हामी भन्दा राम्रा पनि छन् । यसको अर्थ उनीहरू नै उपाधिका लागि बलिया प्रत्यासी पनि हुन् ।’
– द डेली मेलबाट अनुवादित सामग्री