रियललाई एट्लेटिकोसंग भेट गर्ने मौका

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (बुधबार) राति रियल मड्रिडले ग्रानाडासंग खेल्दैछ ।
घरेलु मैदानमा ग्रानाडालाई आतिथ्यता प्रदान गर्दा रियललाई शीर्ष स्थानको एट्लेटिको मड्रिडसंग अंक बराबरी गर्ने मौका छ ।
शीर्ष स्थानको एट्लेटिकोको ३२ अंक छ । दोस्रो स्थानको रियलको २९ अंक छ ।
लिगको सुरुवातमा दबाबमा रहेका रियलका प्रशिक्षक जिनेदिन जिदान पछिल्लो हप्ता सहज महशुश गरेका छन् । रियल लगातार दोस्रो पटक लिग उपाधि रक्षा गर्ने अभियानमा जुटेको छ ।
स्पेनिस च्याम्पियनले लगातार चार खेलमा जित निकाल्दै आफुलाई उत्कृष्ट फर्ममा रहेको देखाईसकेको छ । गत आईतबारमात्र रियलले ईबरलाई ३–१ ले पराजित गरेको थियो ।
जिदान नेतृत्वको टिमले गत महिना सेभिया, एथ्लेटिको विल्बाओ र शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो । रियलले यस महिना अंक गुमाएको छैन ।
पछिल्ला हप्ता ग्रानाडाले समेत राम्रो नतिजा निकालिरहेको छ । डिएगो मार्टिनेज नेतृत्वको टिमले आईतबार बेटिसलाई हराउँदै लगातार दोस्रो जित निकालेको थियो ।
खेल अघि रियललाई नयाँ चोटको समस्या छैन । ईडेन हजार्ड चोटबाट मुक्त हुँदै रियलको टिममा फर्किएका छन् । भिनिसियस जुनियर र ईस्को अझै केही हप्ता मैदान बाहिर रहनेछन् ।
ग्रानाडाका मिडफिल्डर यान एटेकीले मैदानमा देखिन सक्नेछन् । तर भिक्टोर डियाज, एन्जल मोन्टोरो र नेडर लोजानो र फेडे विके अझै मैदान बाहिरै रहनेछन् । दोस्रो स्थानको रियलमाथि जित निकाल्दै ग्रानाडालाई तालिकामा सुधार गर्ने अवसर छ ।
अन्य खेलमा रेलिगेशन जोनबाट बच्न सघर्षरत डिर्पोटिभो आल्भेसले ईबरलाई आतिथ्यता प्रदान गर्दा कार्डिज रियल बेटिसको भ्रमणमा निस्कनेछ ।