एजेन्सी । बार्सिलोनका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनल मेस्सी क्लबमा खुसी रहेको बताएका छन् ।
क्लबबाट कीर्तिमानी गोल गरेका मेस्सी बार्सिलोनामा खुसी रहेको कोम्यानको भनाई छ ।
मंगलबार राति रियल सोसिडाडविरुद्ध प्राप्त ३–० को जितमा मेस्सीले एक गोल गरेका थिए । बार्सिलोनाका सर्वाधिक गोलकर्ता मेस्सीले क्लबबाट कीर्तिमानी ६ सय ४४ गोल पुरा गरेका छन् ।
उनले एकै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान समेत भंग गरेका छन् ।
बार्सिलोनाको जितमा क्लेमेन्ट लिन्गलेटले दिलाएको अग्रतालाई मार्टिन ब्रेथवेटले दोब्बर बनाएका थिए । बार्सिलोनाका लागि तेस्रो गोल मेस्सीको नाममा रह्यो ।
स्पेनिस जायन्टमा १९ वर्ष बिताएका मेस्सीले गत समर ट्रान्सफरमा बार्सिलोना छाड्ने निर्णय गरेका थिए । तर प्रशिक्षक कोम्यानले भने सुपर स्टार मेस्सी क्लबमा खुसी रहेको बताए ।

‘मैले धेरै पटक भनेको छु ।’ बार्सिलोनाका अध्यक्ष कोम्यानले भने, ‘मेस्सीलाई मैले खुसी देखेको छु ।’
‘उनी हाम्रा लागि निकै महत्वपूर्ण छन् ।’ उनले थपे ।
‘तपाई हेर्न सक्नुहुन्छ कि जब त्यहाँ धेरै खेलाडी उनीसंग देख्नुहुन्छ ।’ कोम्यानले भने ।

जित सहित बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड भन्दा बार्सिलोना ८ अंकले पछि छ । बार्सिलोनाले डिसेम्बर २९ मा ईबरसंग प्रतिस्पर्धा गर्दैछ ।