एजेन्सी । रियल मड्रिडका प्लेमेकर ईडेन हजार्ड स्पेनिस लिगको ग्रानाडाविरुद्धको खेलमा उपलब्ध हुने भएका छन् ।
चोटका कारण पछिल्लो एक महिना मैदान बाहिर रहेका हजार्ड ग्रानाडाविरुद्धको खेलमा उपलब्ध हुने भएका हुन् ।
लण्डन क्लब चेल्सीबाट रियल मड्रिडमा आएपछि हजार्डले ८ पटक चोटको समस्या ब्यहोरेका छन् ।
गत महिना स्पेनिस लिगको अल्भासविरुद्धको खेलमा हजार्डले चोट बोेकेका थिए । सो खेल रियलले २–१ ले गुमाएको थियो ।

उनी ग्रानाडाविरुद्धको जिनेदिन जिदानको २४ सदस्यीय टिममा अटाएका छन् । लुका मोड्रिच भने बुधबारको खेलमा उपस्थित रहने छैनन् ।
मांशपेशीको चोटका कारण उनलाई टिममा समावेश गरिएको छैन ।
हजार्ड महङ्गो मुल्यमा लण्डन क्लब छाडेर रियल मड्रिड आएका थिए । उनलाई स्पेनमा अनुबन्धन गर्न रियल मड्रिडले ८८ मिलियन पाउण्ड खर्च गरेको थियो ।
स्पेन आएपछि हजार्डले ३५ खेल गुमाएका छन् ।