एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई हराएको छ ।
मंगलबार राति एट्लेटिकोले तेस्रो स्थानको सोसिडाडमाथि २–० को महत्वपूर्ण जित निकालेको हो ।
मारियो हार्मोसोले दोस्रो हाफको सुरुवातमै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
७४ औं मिेटमा मार्कोस लोरेन्टीले गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे ।
दुवै गोलका लागि याकिन कारास्कोले पास उपलब्ध गराईदिएका थिए ।

डिएगो सिमोन नेतृत्वको एट्लेटिकोले लिगमा ३ अंकको अग्रतालाई कायमै राखेको छ ।
बुधबारको खेलमा रियल मड्रिडले ग्रानाडाविरुद्ध जित निकालेको खण्डमा अंक बराबरी गर्न सफल हुनेछ । तर एट्लेटिकोलाई दुई खेल कम खेलेको फाईदा हुनेछ ।
सिजनको उत्कृष्ट सुरुवात गरेको रियल सोसिडाडले पछिल्ला ६ खेलमा जित निकाल्न सकेको छैन ।
यद्धपी सोसिडाड २६ अंक सहित ला लिगाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियलको २९ र शीर्ष स्थानको एट्लेटिकोको ३२ अंक छ ।