एजेन्सी । लण्डन क्लब आर्सनललाई हराउँदै म्यान्चेष्टर सिटी ईपीएल कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
मंगलबार राति ईमिरेट्स स्टेडियममा क्वार्टरफाईनलको खेलमा सिटीले घरेलु टोली आर्सनललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको तेस्रो मिनेटमा ब्राजिली स्टार ग्याब्रियल जिससले सिटीलाई अघि बढाएका थिए । लाकाजेट्टीले ३१ औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा सिटीले आर्सनलविरुद्ध थप तीन गोल गर्यो ।
५४ औं मिनेटमा रियाद महरेजले सिटीलाई २–१ ले अघि बढाए । डिबक्स नजिकैबाट महरेजले प्रहार गरेको फ्रि–किक आर्सनलका गोलकिपरको हातमा लाग्दै पोस्ट भित्र छिरेको थियो ।
फिल फोडिनले ५९ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । फोडिनकै क्रसमा लोपार्टीले ७३ औं मिनेटमा हेडमार्फत गोल गर्दै सिटीको ४–१ को जित सुनिश्चित गरेका थिए ।

प्रिमियर लिगका पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको आर्सनलको समस्या यथावत छ ।
सिटीले आर्सनलविरुद्ध शानदार जित सहित एफ ए कपको उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।
बर्खास्तीको नजिक रहेका मिकेल अर्टेटाको टिम लिग तालिकाको १५ औं स्थानमा छ । लण्डन क्लब रेलिगेशन जोन भन्दा चार अंकमात्र माथि छ ।