एजेन्सी । ईटालियन सिरि ए फुटबलमा फियोरेन्टिनासंग युभेन्ट्स पराजित बनेको छ ।
मंगलबार राति घरेलु मैदानमा १० खेलाडीमा सिमित बनेको युभेन्ट्स रेलिगेशन जोनबाट बच्न संघर्षरत फियोरेन्टिनासंग ३–० ले स्तब्ध बनेको हो ।
चेल्सीका पूर्व मिडफिल्ड जु काउड्राडोले खराब ट्याकल गरेपछि १८ औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

पाहुना टोलीले खेलको सुरुवातमै डुसान भल्कोभिचको गोलमा अग्रता बनाएको थियो । युभेन्ट्सका लुबा सिल्भाले ७६ औं मिनेटमा आत्घाति गोल गरेपछि पाहुना टोली २–० ले अघि बढ्यो ।
त्यसअघि रोनाल्डोको हेड गोललाई रेफ्रीले अफ साईडको मान्यता दिएका थिए । खेल सकिन ९ मिनेट बाँकी छदाँ मार्टिन केसरसले फियोरेन्टिनालाई अप्रत्यासित जित दिलाए ।
पराजयसंगै ३ अंक गुमाएको युभेन्ट्स तालिकाको चौथों स्थानमा झरेको छ ।
रोनाल्डोले धेरै पटक खेल बराबरीमा ल्याउने कोशिश गरेका थिए । तर धेरै प्रहार पोस्टबाट बाहिर देखिए । केही प्रहारलाई पाहुना टिमका गोलकिपर बार्टलोमिएज ड्रागोवस्कीले निराश बनाएका थिए ।
फियोरेन्टिना १४ अंक सहित तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।