मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पोर्टस अवार्ड र टर्किस एयरलाइन्स संग संगै

मंगलबार, ०७ पौष २०७७खेलपाटी संवाददाता
स्पोर्टस अवार्ड र टर्किस एयरलाइन्स संग संगै
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर)को रुपमा मंगलबार टर्किस एयरलाइन्ससंग सम्झौता गरेको छ ।

स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससंग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

यो सम्झौता एक वर्षको हुनेछ । सम्झौता अनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् । यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्य पनि हुनेछ ।

कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रवन्धक अब्दुल्लाह टंकर केसीसी भने, 'खेलाडी र युवाहरुको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम गरिरहेको छ । यो सराहनीय कार्य हो । त्यसका लागि हामी पनि यस कार्यक्रममा जोडिन पाउँदा आभारी छौं । नेपाली खेलकुदका जुनसुकै कार्यक्रमलाई सहयोग गर्न हाम्रो संस्था तयार छ ।'

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओलीले भने, 'टर्किस एयरलाइन्ससंग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा मञ्च परिवार खुसी छौं । सम्पूर्ण नेपाली खेलकुद र खेलाडीका लागि टर्किस एयरको यो सहकार्य प्रोत्साहनजनक रहेको छ । यो सहकार्यलाई टर्किसले निरन्तरता दिनेछ भन्ने हाम्रो विश्वास छ । टर्किस एयरलाइन्सले हाल विश्वका ३२० गन्तव्यमा सेवा पु¥याइरहेको छ ।'

हाल विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस महामारीका कारण विश्वका २१५ गन्तव्यमा मात्र एयरलाइन्सले सेवा पुर्याइरहेको छ ।

पल्सर स्पोर्टस अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ । १७ औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग प्रायोजन सम्झौता नवीकरण गर्नुका साथै पिपल्स च्वाइस विधाको भोटिङका लागि ई–सेवासँग पनि सम्झौता भइसकेको छ ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् ।

विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने जानकारी गराउन चाहन्छु ।

अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु ट्रेडिङ प्रालि (अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक बिक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङ रहनेछन् । अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक