मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद प्रतिभा सम्मानबाट खेलाडी पुरस्कृत

मंगलबार, ०७ पौष २०७७खेलपाटी संवाददाता
खेलकुद प्रतिभा सम्मानबाट खेलाडी पुरस्कृत

खेलकुद प्रतिभा सम्मानबाट पुरस्कृत खेलकर्मी । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मानबाट खेलाडी सहित खेलकर्मीलाई पुरस्कृत गरेको छ ।

मंगलबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयले ७ खेलाडी सहित विभिन्न विधाका खेलकर्मीलाई नगद सहित पुरस्कृत गरेको हो ।

खेलकुद प्रतिभा सम्मान पुरस्कारका लागि मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले खेलाडी र खेलकर्मीको योगदानमा आधारित रहेर पुरस्कारका लागि छनोट गरेको हो ।

सम्मानित हुने खेलाडीमा शारीरिक सुगठनका समिर श्रेष्ठ, भारत्तोलनका बिकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ६६ हजार ६ सय ६६ रुपैयाँ सहित सम्मानित भए ।

यस्तै, गल्फका सुवास तामाङ्ग, साईकिलिङकी लक्ष्मी मगर, तेक्वान्दोकी आयषा शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ जनही १ लाख रुपैयाँ सहित सम्मानित भए ।

सम्मानित हुने अधिकांश खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका थिए ।

यस्तै, मन्त्रालयले तेक्वान्दोका प्रशिक्षक नविन श्रेष्ठ र करातेका प्रशिक्षक कुशल श्रेष्ठलाई जनही ५० हजार सहित सम्मान गर्यो ।

यस्तै, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक ज्ञानेन्द्रबिक्रम शा र खेल संघबाट नेपाल गल्फ संघ समान १ लाख रुपैयाँले पुरस्कृत भए ।

खेलकुद क्षेत्रलाई ठुलो आर्थिक सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै ब्यापारिक संस्था कतार एयरवेज र काठमाडौं महानगरले प्रसंशापत्र प्राप्त गरे ।

कतार एयरवेजले घरेलु फुटबलको शीर्ष डिभिजनको लिगलाई मुख्य प्रायोजकको रुपमा वार्षिक झण्डै डेढ करोड रुपैयाँ सहयोग गरेको थियो । काठमाडौं महानगरले आफ्नो क्षेत्रका शीर्ष डिभिजनका क्लबलाई जनही वार्षिक १० लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।

कार्यक्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वर्तमान सरकारले खेलकुदमा लगानी वृद्धि गरेको बताए । उनले राष्ट्रले खेलाडीलाई गरेको सम्मानको रुपमा पुरस्कारलाई बुझ्न आग्रह गरे ।

सचिव रामप्रसाद थपलियाले राखेपले आफ्नो कोषलाई अझ फराकिलो बनाउँदै ब्यापारिक संस्थाबाट सहयोग लिन आग्रह गरे ।

उनले नयाँ ऐनले खेलकुदमा लगानीको बातावरण बनाईदिएको उल्लेख गर्दै लगानीको वृद्धि संगै पारदर्शीता समेत देखिने बताए ।

मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद सम्मान पुरस्कारले नयाँ पुस्ता खेलकुदमा आकर्षित हुने बताए ।

‘यो सबै खेल क्षेत्रलाई गरिएको सम्मान हो । यसले नयाँ प्रतिभालाई आमन्त्रण गरेको छ । सम्मानले नयाँ पुस्तालाई हौसला दिएको छ ।’ उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक