मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेल संघको वर्गिकरण हुन्छ – खेलकुद मन्त्री विश्वकर्मा

सोमबार, ०६ पौष २०७७खेलपाटी संवाददाता
खेल संघको वर्गिकरण हुन्छ – खेलकुद मन्त्री विश्वकर्मा

मन्तव्य राख्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया । फाेटाे : राखेप

Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएका खेल संघको बर्गिकरण गरिने बताएका छन् ।

राखेपको आयोजनामा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले खेलको बर्गिकरणको ब्यवस्था गरेको उल्लेख गर्दै खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा खेल संघ बर्गिकरण गरिने बताए ।

राखेपले नयाँ ऐनका विषयमा राखेपमा दर्ता भएका खेल संघसंग अन्तरक्रिया गर्न कार्यक्रमको आयोजना गरेको हो ।

राखेप उपाध्यक्ष शिव कोईरालाले एउटै ब्यक्तिको धेरै ठाउँमा जिम्मेवार पाएको भेटिएको उल्लेख गर्दै यस प्रथाको अन्त्य गरिने बताए । उनले केही संघको गतिविधिले खेलकुदनै बदनाम हुँदै आएको उल्लेख गर्दै खेल संघको संख्याले राज्यलाई फरक नपार्ने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनले गरेको ब्यवस्थाका विषयमा खेल संघका पदाधिकारीलाई जानकारी गराएका थिए ।

उनले नयाँ ऐन अनुसार खेलकुद र खेल संघको बदलिदो परिवेशबारे संघका पदाधिकारीलाई प्रकाश पारेका थिए ।

सचिव थपलियाले नयाँ ऐनले परिभाषित गरेका खेलाडीको परिचयदेखि संघ र राखेपले बनाउने र सार्वजनीक गर्नुपर्ने वार्षिक प्रतिवेदनबारे स्मरण गराएका थिए ।

चालू आर्थिक वर्ष सकिएको झण्डै ६ महिना बितेपनि खेल संघले राखेपमा र राखेपले मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाएका छैनन् ।

सचिव थपलियाले नयाँ ऐन अनुसार खेल संघ पारदर्शी तरिकाले अघि बढ्नुपर्ने बाध्यकारी व्यवस्थाका विषयमा पदाधिकारीलाई जानकारी गराएका थिए ।

उनले राज्यको लगानीले मात्र खेलकुद अघि बढ्न नसक्ने बताउँदै अन्य सरकारी तथा नीजि क्षेत्रसंग सहयोग लिन सक्नुपर्ने धारणा राखेका थिए ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले स्वास्थ्य मापदण्ड पुरा गरेर खेलकुद गतिविधि अघि बढाउन संघहरुलाई आग्रह गरे । उनले खेल संघको प्रशिक्षणमा आवश्यक सहयोग गर्न राखेप तयार रहेको बताए ।

कार्यक्रममा सहभागी बनेका खेल संघका पदाधिकारीले आफ्नो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गन अनुरोध गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक