एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति दुई खेल हुँदैछ ।
खराब लयबाट गुज्रिरहेको चेल्सीले वेस्ट ह्यामलाई आतिथ्यता प्रदान गर्दा उल्भ्स भने बर्नलीको भ्रमणमा निस्कनेछ ।
फ्राङ्क लाम्पार्ड चेल्सीको पछिल्लो प्रर्दशनबाट निराश छन् । एक समय प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले लगत्तै उल्भ्स र एभर्टनसंग पराजित बन्यो । लगातारको हारले ओरालो लागेको चेल्सीको उपाधि होडमा समेत गम्भिर धक्का लागेको छ ।
लिग तालिकामा पुनरागमनको लक्ष्य सहित चेल्सीले वेस्ट ह्यामलाई घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आतिथ्यता प्रदान गर्दैछ ।
पछिल्लो सिजन दुवै खेलमा लण्डन क्लब चेल्सीले वेस्ट ह्यामलाई हराएको थियो । आठौं स्थानको चेल्सीले १३ खेलबाट २२ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुल भन्दा चेल्सी ९ अंकले पछि छ ।
डेभिड मोयस नेतृत्वको वेस्ट ह्यालले पछिल्लो खेलमा क्रिस्टल प्यालेससंग १–१ गोलको बराबरी खेलेको थियो । मोयस सोमबार सकारात्मक नतिजा सहित लिग तालिकामा अंक सुधार गर्न चाहन्छ । वेस्ट ह्याम २१ अंक सहित दशौं स्थानमा छ ।
अर्को खेलमा रेलिगेशन जोनबाट माथि उक्लिने कोशिश गरिरहेको बर्नलीले उल्भ्ससंग खेल्दैछ । दुवै टिम तीन अंक बटुल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन् ।
बर्नली १० अंक सहित तालिकाको पुछारदेखि तेस्रो स्थानमा रहदाँ उल्भ्स २० अंक सहित ११ औं स्थानमा छ ।