बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भलिबलका क्लबलाई कानुनी दायरामा ल्याईने

सोमबार, ०६ पौष २०७७खेलपाटी संवाददाता
भलिबलका क्लबलाई कानुनी दायरामा ल्याईने

फाइल फाेटाे

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल भलिबल संघले क्लबलाई ब्यवस्थित र कानुनी दायरमा ल्याउन पहल सुरु गरेको छ ।

उपत्यका सहित देशभरका भलिबल क्लबहरु अब्यवस्थित र अवैधानिक रुपमा सञ्चालनमा आएको उल्लेख गर्दै संघले क्लबलाई समेत व्यवस्थित र कानुनी दायरामा ल्याउन गृहकार्य अघि बढाएको हो ।

संघले प्रारम्भिक रुपमा काठमाडौं उपत्यकाभरी विभिन्न स्थानमा दर्ता नगरि सञ्चालनमा रहेका क्लब र ट्रेनिङ्ग सेन्टरको अध्ययन र अवलोकन गर्न उपाध्यक्ष निरोज मास्केको संयोजकत्वमा कमिटि गठन गरेको छ ।

संघले उपत्यकामा रहेका क्लब तथा ट्रेनिङ सेन्टरको अवलोकन र निरिक्षण गरि प्रचलित कानुन र नियम अनुसार क्लबलाई सञ्चालन गराउन समन्वयको काम गर्न कमिटिलाई अख्तियारी दिएको छ ।

कमिटिमा मास्के सहित उपाध्यक्ष ऐनबहादुर शाही, मानविर छन्त्याल, श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

कमिटिले प्रारम्भिक रुपमा उपत्यकाका तीन जिल्लामा अवैधानिक रुपमा सञ्चालनमा रहेका भलिबल क्लबलाई ब्यवस्थित गर्न पहल सुरु गर्नेछ ।

कमिटि संयोजक रहेकी निरोज मास्केले छरिएर रहेका क्लबलाई संघको छाताभित्र जोड्ने उद्धेश्यले गृहकार्य अघि बढ्ने बताईन् ।

उनी भन्छिन्, ‘सबै पक्षसंग छलफल गरेर भलिबलका क्लबलाई थप ब्यवस्थित र चलायमान बनाउन खोजेका हौं । जिल्ला स्तरमा रहेका क्लबलाई संघको छातामा जोड्ने पहलको रुपमा यसलाई बुझ्न जरुरी छ ।’

राष्ट्रिय खेलको मान्यता प्राप्त गरेपनि भलिबल संघ आफै ब्यवस्थित र पारदर्शी छैन । जिल्ला र क्लबहरुको अवस्था अझ विजोग छ । ७५ वटै जिल्लामा रहेका जिल्ला संघ प्राय निष्कृय छन् । क्लब अवैधानिक रुपमा सञ्चालन भईरहेका छन् ।

पछिल्लो समय अनाधिकृत रुपमा भलिबल क्लब गठन गरेर अवैधानिक रुपमा पैसा उठाउने काम भएको सुचना प्राप्त भएपछि संघ गम्भिर बनेको हो । काठमाडौं उपत्यका सहित मोफसलका स्थापना भएको धेरै क्लबहरु जिल्ला, केन्द्र सहित कुनै निकायमा समेत दर्ता छैनन् ।

संघले प्रारम्भिक रुपमा काठमाडौं उपत्यकामा रहेका क्लबलाई ब्यवस्थित गर्ने गृहकार्य अघि बढाएको हो ।

संघकी उपाध्यक्ष समेत रहेकी मास्केले अनाधिकृत रुपमा स्थापना र सञ्चालनमा आएका क्लबलाई कानुनी दायरामा ल्याउन कमिटिले सहजीकरण गर्ने उल्लेख गरिन् ।

‘क्लब भलिबल बिना मुलधारको भलिबल बलियो बन्न सम्भव छैन । भलिबलको आधार भनेकै क्लब हो । त्यसैले क्लबलाई संघसंग जोड्न, चलायनमान बनाउन र कानुनी आधार दिएर सहयोग जुटाउन कमिटिले पहल गर्नेछ ।’ मास्केले भनिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !