• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
भलिबलका क्लबलाई कानुनी दायरामा ल्याईने
खेलपाटी संवाददाता
सोमबार, पुस ६, २०७७ खेलपाटी संवाददाता
भलिबलका क्लबलाई कानुनी दायरामा ल्याईने
फाइल फाेटाे

काठमाडौं । नेपाल भलिबल संघले क्लबलाई ब्यवस्थित र कानुनी दायरमा ल्याउन पहल सुरु गरेको छ ।

उपत्यका सहित देशभरका भलिबल क्लबहरु अब्यवस्थित र अवैधानिक रुपमा सञ्चालनमा आएको उल्लेख गर्दै संघले क्लबलाई समेत व्यवस्थित र कानुनी दायरामा ल्याउन गृहकार्य अघि बढाएको हो ।

संघले प्रारम्भिक रुपमा काठमाडौं उपत्यकाभरी विभिन्न स्थानमा दर्ता नगरि सञ्चालनमा रहेका क्लब र ट्रेनिङ्ग सेन्टरको अध्ययन र अवलोकन गर्न उपाध्यक्ष निरोज मास्केको संयोजकत्वमा कमिटि गठन गरेको छ ।

संघले उपत्यकामा रहेका क्लब तथा ट्रेनिङ सेन्टरको अवलोकन र निरिक्षण गरि प्रचलित कानुन र नियम अनुसार क्लबलाई सञ्चालन गराउन समन्वयको काम गर्न कमिटिलाई अख्तियारी दिएको छ ।

कमिटिमा मास्के सहित उपाध्यक्ष ऐनबहादुर शाही, मानविर छन्त्याल, श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

कमिटिले प्रारम्भिक रुपमा उपत्यकाका तीन जिल्लामा अवैधानिक रुपमा सञ्चालनमा रहेका भलिबल क्लबलाई ब्यवस्थित गर्न पहल सुरु गर्नेछ ।

कमिटि संयोजक रहेकी निरोज मास्केले छरिएर रहेका क्लबलाई संघको छाताभित्र जोड्ने उद्धेश्यले गृहकार्य अघि बढ्ने बताईन् ।

उनी भन्छिन्, ‘सबै पक्षसंग छलफल गरेर भलिबलका क्लबलाई थप ब्यवस्थित र चलायमान बनाउन खोजेका हौं । जिल्ला स्तरमा रहेका क्लबलाई संघको छातामा जोड्ने पहलको रुपमा यसलाई बुझ्न जरुरी छ ।’

राष्ट्रिय खेलको मान्यता प्राप्त गरेपनि भलिबल संघ आफै ब्यवस्थित र पारदर्शी छैन । जिल्ला र क्लबहरुको अवस्था अझ विजोग छ । ७५ वटै जिल्लामा रहेका जिल्ला संघ प्राय निष्कृय छन् । क्लब अवैधानिक रुपमा सञ्चालन भईरहेका छन् ।

पछिल्लो समय अनाधिकृत रुपमा भलिबल क्लब गठन गरेर अवैधानिक रुपमा पैसा उठाउने काम भएको सुचना प्राप्त भएपछि संघ गम्भिर बनेको हो । काठमाडौं उपत्यका सहित मोफसलका स्थापना भएको धेरै क्लबहरु जिल्ला, केन्द्र सहित कुनै निकायमा समेत दर्ता छैनन् ।

संघले प्रारम्भिक रुपमा काठमाडौं उपत्यकामा रहेका क्लबलाई ब्यवस्थित गर्ने गृहकार्य अघि बढाएको हो ।

संघकी उपाध्यक्ष समेत रहेकी मास्केले अनाधिकृत रुपमा स्थापना र सञ्चालनमा आएका क्लबलाई कानुनी दायरामा ल्याउन कमिटिले सहजीकरण गर्ने उल्लेख गरिन् ।

‘क्लब भलिबल बिना मुलधारको भलिबल बलियो बन्न सम्भव छैन । भलिबलको आधार भनेकै क्लब हो । त्यसैले क्लबलाई संघसंग जोड्न, चलायनमान बनाउन र कानुनी आधार दिएर सहयोग जुटाउन कमिटिले पहल गर्नेछ ।’ मास्केले भनिन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP