एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शीर्ष स्थानको लिलीसंग अंक बाँडेको छ ।
आईतबार राति लिलीको घरेलु मैदानमा पीएसजीले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
यस सिजन छैटौ खेलमा पीएसजीले अंक गुमाएको हो ।
थोमस टुचेलको पीएसजी चोट ग्रस्त खेलाडी नेयमार बिनै मैदान उत्रिएको थियो । बल पोजिसनमा बलियो देखिएपनि पीएसजीको एक प्रहारमात्र निशानामा थियो ।

बराबरीको नतिजापछि पीएसजी लिगको तेस्रो स्थानमा छ । गत सिजनको च्याम्पियनले नयाँ सिजन दुई खेलमा हार र चार खेलमा बराबरी खेल्दै अंक गुमाएको छ । पीएसजी लिली र दोस्रो स्थानको लियोन भन्दा पछि छ ।
केलियन एम्बाप्पेले बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए । तर ७७ औं मिनेटमा मैदान प्रवेश गरेपनि नतिजामा खासै भिन्नता आउन सकेन ।
शीर्ष स्थानको लिलीको ३३ अंक छ । पीएसजी ३२ अंक सहित तेस्रो स्थानमा छ ।