एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा तालिकाको पुछारमा रहेको सेफिल्ड युनाईटेडसंग ब्राइटनले अंक खोस्न सफल भएको छ ।
आईतबार साँझ भएको खेलमा ब्राइटनले सेफिल्ड युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।
खेलको ४० औं मिनेटमा जोन लुन्डस्ट्रम रातो कार्ड खादै मैदान बाहिरिएछि पाहुना टोली सेफिल्ड १० खेलाडीमा सिमित बनेको थियो ।
एक खेलाडी कम भएपनि सिजनको पहिलो जिततर्फ उन्मुख सेफिल्डलाई ब्राइटनले बराबरीमा रोक्न सफल भएको हो ।

ड्यानी वेलवेकले गोल गर्दै खेलको अन्तिम समयमा ब्राइटनलाई एक अंक दिलाएका थिए । त्यसअघि जेडेन बोग्लेको गोलमा सेफिल्डले खेलमा अग्रता बनाएको थियो ।
ब्राइटन रेलिगेशन जोनबाट मात्र दुई अंक माथि छ । सेफिल्ड २ अंक सहित तालिकाको पुछारमा यथावत छ ।