एजेन्सी । आर्सनल प्रशिक्षक मिकेल अर्टेटा पुन स्तब्ध बनेका छन् । शनिबार राति अर्टेटाको आर्सनल घरेलु टोली एभर्टनसंग २–१ ले पराजित बन्यो ।
हारपछि अर्टेटाले आफुहरु एक ठुलो लडाँईमा रहेको बताए । गुडिसन पार्कमा स्तब्धपूर्ण नतिजापछि अर्टेटाले अहिले चोट लागेको प्रतिक्रिया दिए ।
यता एभर्टनका प्रशिक्षक कार्लोस एन्सेलोटीले पहिलो वर्षगाठलाई भब्य बनाए । नियुक्तिको एक वर्षपछि एभर्टन प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
‘हामीले फुटबल खेल जित्नका लागि धेरै उत्पन्न गर्न आवश्यकता छ ।’ अर्टेटाले भने, ‘जब छोटो विवरणको कुरा आउँछ । अर्को टिमले अधिक माग गर्छ । खेलाडीहरु अझैपनि पुरै तरिकाले लडिरहेका छन् ।’
‘खेलपछि ड्रेसिङ रुपमा खेलाडीले आफुमाथि विश्वास रहेको बताएका छन् । जब तपाई विभिन्न कारणले अलग अलग खेल हार्नु हुन्छ । तब यसले धेरै चोट दिन्छ ।’ उनले भने ।

‘हामीलाई राम्रो हुन अवाश्यक छ । यो एभर्टनको बारेमा हैन, हाम्रै बारेमा छ ।’ उनले थपे ।
एभर्टनले यस सिजन चेल्सी, लेस्टर सिटी र आर्सनललाई पराजित गर्न सफल भएको छ ।
रब होल्डिङ्गको आत्मघाति गोलमा एभर्टनले खेलको सुरुवातमै अग्रता बनाएको थियो । लण्डन क्लबका निकोलस पेपेले ३५ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा यरी मिनाले गरेको गोल एभर्टनका लागि जित दिलाउन पर्याप्त बन्यो ।
एभर्टन २६ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १५ औं स्थानका आर्सनल रेलिगेशन जोन भन्दा ४ अंकले माथि छ ।