• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बसन्तलाई कोरोना, ऐरी र मल्ललाई चोट
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २६, २०७७ खेलपाटी संवाददाता
बसन्तलाई कोरोना, ऐरी र मल्ललाई चोट

काठमाडौं । नेपालको राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदै छ ।

तीन टिमको सहभागी रहने प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

प्रतियोगितामा बागमती टिम, नारायणी टिम र राप्ति टिमले सिंगल राउण्ड रोबिनको आधारमा खेल्नेछन् ।

बागमती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् । पारस खड्काले नारायणी तथा बिनोद भण्डारीले राप्तीको नेतृत्व गर्नेछन् ।

प्रतियोगितामा राष्ट्रिय खेलाडी सहित अन्य नयाँ चितवनका युवा खेलाडीको सहभागिता रहने छ ।

कोरोना माहामारी पछि पहिलो पटक राष्ट्रिय क्रिकेट टिमले बन्द प्रशिक्षण गरेका खेलाडी, अन्य उमेर समूहका खेलाडी र चितवनका केही खेलाडी समावेश गर्दै प्रतियोगिता खेल्न लागेको हो ।

तर क्याम्पमा बोलाइएका तीन राष्ट्रिय खेलाडी भने प्रतियोगितामा उपस्थित हुने छैनन् । उपकप्तान दीपेन्द्र ऐरी, भेट्रान स्पिनर बसन्त रेग्मी र युवा ब्याट्सम्यान कुशल मल्ललाई गौतमबुद्ध कपमा देख्न पाईने छैन ।

उपकप्तान ऐरी र कुशल चोटका कारण प्रतियोगिता गुमाउने भएका हुन् । कुशललाई बन्द प्रशिक्षणमा फिल्डिङको क्रममा देब्रे हातमा चोट लागेको छ । सोही चोटका कारण उनले यस प्रतियोगिता गुमाउने छन् ।

यस्तै ऐरीलाई समेत खुट्टाको चोट छ । खुट्टामा समस्या देखिएको कारण उनले चितवनमा खेल्न नसक्ने भएका हुन् ।

यता बसन्त रेग्मी भने बुधबार कोरोना पोजेटिभ देखिएको कारण प्रतियोगितामा सहभागिता नहुने भएका हुन् ।

लामो समयदेखि नेपाली खेलाडीले प्रतिस्पर्धात्मक खेल खेल्न नपाएको भन्दै बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस प्रतियोगिताले आगामी पुस ११ बाट हुने राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कपमा सहयोग पुग्ने आश गरिएको छ । तर प्रतियोगिता नजिकै रहेको कारण कोरोनबाट बच्नु खेलाडीका लागि चुनौती छ ।

आयोजक बागमती प्रदेश क्रिकेट संघले कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता सञ्चालन गरिनेब ताएको छ । कोरोना माहामारीपछि नेपाली राष्ट्रिय खेलाडीले पहिलो पटक प्रतियोगिता खेल्नेछन् ।

आयोजकले प्रतियोगिता टी–ट्वान्टी र एकदिवसीय फम्र्याट मध्य एक हुने जनाएको छ । खेलको दिन मैदानको अवस्था हेरेर फम्र्याट निर्धारण हुने बताइएको छ ।

बागमती टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), अनिल शाह, सोमपाल कामी, राशिद खान, ललित राजबंशी, सागर ढकाल, रोहित पौडेल, पवन सर्राफ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की, आकाश थापा र संघर्ष ढकाल

नारायणी टिम :

पारस खड्का (कप्तान), सुवास खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, सहाब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्दान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र बिबेक यादब

राप्ती टिम :

बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनास बोहरा, कमल ऐरी, सुर्य तमाङ, भुवन कार्की, शरद भेषावकर, लोकेश बम, आशिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र सप्निल अधिकारी

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP