बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पार्थिव पटेलले लिए सन्यास

बुधबार, मंसिर २४, २०७७खेलपाटी संवाददाता
पार्थिव पटेलले लिए सन्यास
Classic Tech Internet Ad

एजेन्सी । भारतीय विकेट किपर ब्याट्सम्यान पार्थिव पटेलले सबै ढाँचाको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३५ वर्षिया विकेट किपर ब्याट्म्यानले बुधबार ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।

उनले १८ वर्ष क्रिकेट करियरमा लगाए । उनले भारतका लागि २५ टेष्ट, ३८ एक दिवसीय र २० टी–ट्वान्टी अन्तराष्ट्रिय खेले । उनले आफ्नो अन्तिम टेष्ट सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध जोहानिसबर्गमा खेलेका थिए ।

तीन महिनापछि आफ्नो ३६ औं जन्म दिन मनाउन गईरहेका पार्थिवले ट्वीटर र इन्टाग्राममा लेखेका छन्, ‘म आज क्रिकेटको सबै ढाँचाबाट बिदा लिईरहेको छु । मन भारी बनाएर आफ्नो १८ वर्षको क्रिकेट यात्रा अन्त्य गर्न गईरहेको छु ।’

सौरभ गांगुलीको कप्तानीमा १७ वर्ष १ सय ५२ दिनमा टेष्ट क्रिकेटमा डेब्यु गरेका पार्थिव पटेलले करियरमा ३१ द्यशमलव १३ को औसतमा ९ सय ३४ रन बनाएका थिए । जसमा ६ अर्धशतक पनि छ । उनले ६२ क्याच लिदै १० स्टम्प पनि लिएका थिए ।

उनलाई सन् २००२ मा ईङ्ल्याण्डको भ्रमणमा पठाईएको थियो । उनले रणजी ट्रफी समेत नखेलेको अवस्थामा राष्ट्रिय टिमबाट मौका पाएका थिए ।

पार्थिवले भने, ‘बीसीसीआईले धेरै भरोसा गर्यो र १७ वर्षको उमेरमा एक युवा भारतका लागि खेल्न सक्छ भन्ने देखायो । करियरको सुरुवाती वर्षमा यस प्रकारको हौसला दिने बोर्ड प्रतिसधै आभारी छु ।’

पार्थिवले आफ्नो एकदिवसीय करियरमा २३ दशमलव ७४ को औसतमा २ हजार ८ सय ४८ रन बनाए । उनले १३ अर्धशतक लगाए । पार्थिक १७ वर्ष १ सय ५२ दिनको उमेरमा टेष्ट क्रिकेटमा डेब्यु गर्ने सबैभन्दा युवा विकेट किपर रहेका छन् । तर दिनेश कात्तिक र महेन्द्र सिंह धोनी आएपछि उनी भारतीय टिमको नियमित सदस्य रहन सकेनन् ।

उनले सन् २००४ मा भारतीय टिम बाहिर भएपछि मात्र पहिलो रणजी ट्रफी खेलेका थिए । उनले बीसीसीआई अध्यक्ष गौगुली र सबै कप्तानलाई धन्यवाद दिए । महेन्द्र सिंह धोनीको आगमनपछि उनी दोस्रो रोजाईको खेलाडी बने र ब्याट्सम्यानको रुपमा खेले ।

उनले केही समयपछि सिमित ओभरको खेलमा केही खेल ओपनर ब्याट्सम्यानको रुपमा खेलेका थिए । उनले करियरमा कहिल्यै धोनीलाई दोष दिएनन् । उनले सधै आफु र दिनेश कात्तिकलाई धोनी भन्दा अघि राष्ट्रिय टिममा स्थान सुरक्षित गर्ने मौका मिलेको बताउँदै आएका थिए ।

उनी घरेलु क्रिकेटमा भने सफल रहे । उनले पहिलो श्रेणी क्रिकेटमा १ सय ९४ खेलमा २७ शतक सहित ११ हजार २ सय ४० रन बनाए ।

उनले आईपीएलमा मुम्बई ईन्डियन्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका थिए । उनी यस पटक बैंग्लोरका लागि एक म्याच समेत खेल्न सकेनन् ।

पार्थिवले आफ्नो कप्तानीमा गुजरातलाई सन् २०१६–१७ मा रणजी ट्रफी जिताएका थिए । उनी भारतका तिव्र गतिका बलर जसप्रीत बुमराहका पहिलो कप्तान रहे । उनले सन् २०१३ मा जसप्रीतसंग सैयद मुश्ताक अली ट्रफी खेलेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए