शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

विवाद समाधान समितिलाई ३५ दिनको समय

मंगलबार, २३ मंसिर २०७७हिम बिक्रम केसी
विवाद समाधान समितिलाई ३५ दिनको समय
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेल संघको विवाद समाधानका लागि गठन गरेको समितिलाई ३५ दिनभित्र विवादित देखिएका संघ र पदाधिकारीको नामावली सिफारिस गर्न अख्तियारी दिएको छ ।

खेलकुद मन्त्रालयले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ तथा महासंघको विवाद समाधानका लागि राखेप उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।

समितिका सदस्यले मंगलबार आधिकारिक पत्र सहित ५ बुँदे अख्तियारी प्राप्त गरेका छन् ।

मन्त्रालयले उपाध्यक्ष कोईरालाको नेतृत्वमा मन्त्रालयका खेलकुद महाशाखा प्रमुख सदस्य रहने गरि बोर्ड सदस्यहरु गोविन्द्र भट्टराई, पुरेन्द्र बिक्रम लाखे, नन्दा बस्याल, राखेपका कानुन अधिकृत नारायण अर्याल र संघ संस्था शाखा प्रमख इन्द्र कार्की सहितको ७ सदस्यीय विवाद समाधान समिति गठन गरेको थियो ।

समितिलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार एकै प्रकृतिका एक भन्दा बढी खेल संघ वा महासंघलाई एउटै बनाउन आवश्यक पहल गरि सिफारिस गर्ने अख्तियारी दिईएको छ ।

यस्तै, खेल संघ वा महासंघको विवाद समाधान गरी संघ वा महासंघका पदाधिकारी सहितको नामावली ३५ दिनभित्र सिफारिस गर्ने अख्तियारी समितिले पाएको छ ।

यस्तै, ऐन अनुसार विधि सम्मत नदेखिएका खेल संघलाई छानबीन गरि बिधि सम्मत बनाउन सिफारिस गर्ने र समितिको बैठक र कार्य प्रक्रिया सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गर्ने अख्तियारी समेत पाएको छ ।

समितिको आवश्यक लजिष्टिक सहित बैठक भत्ता, खाजा खर्च लगायतका आर्थिक दायित्व राखेपको हुने पत्रमा उल्लेख छ ।

मन्त्रालयमा मंसिर १७ गते बसेको मन्त्री स्तरीय बैठकले कोईरालाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

नयाँ खेलकुद विकास ऐन २०७७ को दफा २६ मा एकै प्रकृतिका संघ वा महासंघलाई एउटै बनाउन ऐन जारी भएको मितिले ३ महिनाको समय दिईएको छ । तर असार १७ गते ऐन कार्यान्वयनमा आएपनि विवाद समाधानका लागि मन्त्रालयले कुनै पहल गरेको थिएन ।

ऐन आएको झण्डै ५ महिनापछि मात्र मन्त्रालयले समिति गठन गरेर एकै प्रकृतिका खेल संघको विवाद समाधानका लागि पहल लिएको हो ।

तीन महिनाभित्र एकै प्रकृतिका एक भन्दा बढी संघ राखेपमा रहेको अवस्थामा दर्ता खारेज हुने व्यवस्था नयाँ ऐनले गरेको छ । तेक्वान्दो, कुस्ती लगायतका धेरै खेल संघको विवाद घरेलु खेलकुदमा यथावत छ ।

राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको रुपमा राखेपमा दर्ता भएका खेल संघका कारण नेपालको अन्तराष्ट्रिय प्रतियोगितामा कमजोर उपस्थिती रहदै आएको छ ।

खेलकुद मन्त्रालयले ऐनमै व्यवस्था गरेर एकै प्रकृतिका एक भन्दा बढी संघलाई दर्तानै गर्न नमिल्ने व्यवस्था मिलाएको हो ।

याे पनि, कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन

 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !