• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, माघ ८, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन
64x64
बिहिवार, मंसिर १८, २०७७ हिम बिक्रम केसी
राखेप उपाध्यक्ष शिव कोईराला । फोटो : खेलपाटी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय संघभित्र देखिएका समस्या समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन गरिएको छ ।

मन्त्रालयमा बुधबार बसेको बैठकले राष्ट्रिय खेलकुद संघभित्र देखिएको समस्या समाधानका लागि उपाध्यक्ष कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा उपाध्यक्ष कोईराला सहित राखेप बोर्ड सदस्यहरु गोबिन्द भट्टराई, पुरेन्द्र बिक्रम लाखे, नन्दा बस्याल समितिमा छन् । यस्तै, समितिमा राखेपका कानुन शाखा प्रमुख नारायण अर्याल र संघ संस्था शाखा प्रमुख इन्द्र कार्की र युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख सह–सचिव भक्तबहादुर ढकाल सदस्य रहेका छन् ।

घरेलु खेलकुदका केही मुख्य राष्ट्रिय संघहरु राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको रुपमा विभाजित र विवादित छन् । प्रतियोगिताका दौरान संघभित्रको विवादले प्रतियोगितामा नेपालको सहभागीता र नतिजानै प्रभावित हुने गरेको छ ।

संघ भित्रको विवादले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले नतिजा खस्किदै गएपछि मन्त्रालयले धेरै पटक छानविन समिति गठन समेत गरेको थियो । समितिले संघको आन्तरिक विवादका कारण अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको नतिजा खस्किएको निष्कर्श निकालेका थिए ।

खेलकुद मन्त्रालयले संघभित्रको समस्या समाधानका लागि यसअघि उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा समिति गठन गरेको थियो ।

तिम्सिना नेतृत्वको समितिले केही संघभित्रको विवाद समाधान गर्दै नयाँ निर्वाचनका लागि तदर्थ कमिटि गठन गरेको थियो । तर तेक्वान्दो सहितको केही मुख्य संस्थाको विवाद समितिले समाधान गर्न सकेको थिएन ।

राजनीतिक रुपमा ठुलो दबाब आएका कारण संघभित्रको विवाद समाधान गर्न कठिनाई भएको अनुभव तिम्सिनाले खेलपाटीलाई सुनाएका थिए ।

तिम्सिना नेतृत्वको कमिटिले जिम्न्याष्टिक, कराँते, कुस्ती र मोर्डन पेन्टाथलन फेडेरेसनको विवाद समाधान गर्दै तदर्थ समिति गठन गरेको थियो । तर १३ औं सागको चटारोले विवाद समाधान भएका संघहरुको निर्वाचन प्रक्रिया अघि बढ्न पाएन । नयाँ ऐन जारी भएपछि धेरै संघका निर्वाचन प्रभावित र अलपत्र छ ।

तेक्वान्दो, फुटसल, पारा खेलकुद, विश्व विद्यालय खेलकुद, बडिबिल्डिङ जस्ता मुख्य संघको विवाद अझै मिल्न सकेको छैन ।

एकै प्रकृतिका एक मात्र खेल संघ हुनुपर्ने मान्यता अनुसार खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा समेत नयाँ व्यवस्था गरेको छ ।

ऐनको दफा २२ को (२) उपदफा (१) मा एक खेलको लागि एउटा मात्र खेल संघ गठन हुनुपर्ने उल्लेख छ ।

नयाँ ऐनले परिषद्मा दर्ता गर्दा एक खेलको एक भन्दा बढी तथा एकै उद्धेश्यका वा समान नाम भएका एक भन्दा बढी संघ वा महासंघ दर्ता नगरिने उल्लेख छ ।

ऐन कार्यान्वयनमा आएको तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरि दर्ताको लागि परिषद्ले सुचना जारी गर्नुपर्ने उल्लेख छ । तीन महिनाभित्र एउटै संघ वा महासंघ गठन नगरेमा त्यस्ता खेल संघ वा महासंघको दर्ता स्वत समाप्त हुने व्यवस्था ऐनमा छ ।

ऐनले तीन महिनाभित्र एकै प्रकृतिका संघ वा महासंघलाई एकै बनाउनुपर्ने निर्देश गरेपनि मन्त्रालय र राखेपले विवाद समाधानका लागि कुनै पहल गरेका थिएनन् ।

नयाँ खेलकुद विकास ऐन असार १७ गतेबाट कार्यान्व्यनमा आएको हो । ऐन आएको तीन महिना असोज १७ गतेबाट तेक्वान्दो सहितका संघको काम कारबाही स्वत समाप्त भएको थियो ।

मन्त्रालयले ऐन आएको झण्डै ५ महिनापछि विवाद समाधानका लागि पहल लिएको हो । मन्त्रालयले उपाध्यक्षको नेतृत्वमा विवाद समाधानका लागि कमिटि गरेर गृहकार्य अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढी उपमहानगरको साथ
मनोनयनको ब्यवस्था खारेज , वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट
सागका सबै समिति विघटन
एन्फाको साधारण सभामा भक्तपुरको हस्ताक्षर अभियान
एन्फाको साधारण सभा सुरु
एन्फाको साधारण सभा आज
  • ताजा समाचार
  • खेल आज
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
राजस्थानको कप्तानी सामसनले गर्ने
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP