एजेन्सी । इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको समूह चरणको खेलमा सेल्टिकलाई ४-२ गोल अन्तरले पराजित गर्दै मिलानले अन्तिम ३२ को यात्रा तय गरेको हो ।
घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर मिलानले जित निकालेको हो ।
खेलको सातौं मिनेटमा टम रोजिगले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा ओडसोनी एडोवार्डले गोल गर्दै सेल्टिकलाई २-० को अग्रता दिलाए ।

तर, २४ औं मिनेटमा हाकनले गोल गर्दै मिलानलाई २-१ को स्थितिमा ल्याए ।
२६ औं मिनेटमा मिलानका सामुएल कास्टिललेजोले गोल गरेपछि पहिलो हाफ २-२ गोलको बराबरीमा सकियो ।
खेलको ५० औं मिनेटमा जेन्स पिटरले गोल गर्दै मिलानलाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई ४-२ को जित दिलाए ।
जितसँगै समूह एचको मिलानले ५ खेलमा १० अंक जोडेको छ । मिलान दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा लिलले स्पर्टा प्राग्वेलाई २-१ ले हराएको छ ।
जितसँगै लिल पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
लिल ५ खेलमा ११ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।