एजेन्सी । युरोपा लिग फुटबलमा प्रिमियर लिगको लेस्टर सिटी युक्रेनको जोरा लुहान्स्कसंग पराजित बनेको छ ।
बिहिबार समूह जीको खेलमा युक्रेनको क्लबसंग लेस्टर १–० ले पराजित बनेको हो ।
खेल सकिन ६ मिनेट अघि जोराका अल्लायार सइयदमानेशले गोल गर्दै लेस्टरलाई स्तब्ध बनाए ।
जोरा प्रतियोगिताबाट बाहिरिसकेको टोली हो । लेस्टर समूह विजेताको दौडमा रहेको छ । पराजयका बाबजुत लेस्टरको समूह विजेता बन्ने सम्भावना यथावत छ ।

बिहिबारको जितले लेस्टरलाई एक खेल अगावै समूह विजेता बनाउने थियो । लेस्टरको समूह विजेता बन्न समूह चरणको अन्तिम खेलमा पुछारको टोली एइके एथेन्ससंग खेल्नेछ ।
लेस्टरका प्रशिक्षक ब्रेन्डन रोडजर्सले टोलीमा धेरै परिर्वतन गरेका थिए । गत हप्ता फुलहमसंग २–१ ले पराजित बनेपछि रोडजर्सले टिममा ब्यापक हेरफेर गरेका थिए ।
उनले सिनियर खेलाडी रिकार्डो परेरा, काग्लर सोयुनकु र विल्फ्रेड नादीदीलाई टिममा फर्काएका थिए । तर लेस्टरले खराब नतिजानै आत्मसाथ गर्न पर्यो ।
समूह जीमा लेस्टर र स्पोर्टिङ ब्रागाको समान १० अंक छ । जोराले ६ अंक बटुलेको छ । अन्तिम खेलले समूह विजेता टोलीको टुङ्गो लगाउनेछ ।