एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका फरवार्ड राउल जेमिनेजले आफु चाँडै मैदान फर्कने बताएका छन् ।
टाउकोको खप्परको सफल शल्यक्रियापछि मंगलबार जेमिनेजले आफु चाँडै मैदान फर्कने बताएका हुन् ।
'तपाईहरुको समर्थनको सन्देशका लागि धन्यवाद । मलाई आशा छ म चाँडै नै पिचमा फर्किनेछु,' जेमिनेजले सामाजिक संजालमा भनेका छन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार आर्सनलविरुद्धको खेलमा जेमिनेजले टाउकोको चोट बोकेका थिए । र, जेमिनेजको सोमबार शल्यक्रिया गरिएको थियो ।
जुन खेलमा उल्भ्सले २-१ को जित निकालेको थियो ।
कर्नर बलमा हेड गर्ने क्रममा उनी आर्सनलका डेभिड लुइजसँग जुध्न पुगेका थिए ।
उनी १५ औं मिनेटमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए ।
उनलाई तत्काल अस्पताल लगिएको थियो ।
