एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन 'बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ दि इयर' अवार्डको मनोनयनमा परेका छन् ।
बेलायती संचार माध्यम बीबीसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा हेन्डरसन परेका हुन् ।
हेन्डरसनको कप्तानीमा लिभरपुलले गत सिजन प्रिमियर लिगको उपाधि जितेको थियो । जुन लिभरपुलले ३० वर्षपछि पहिलोपटक जितेको हो ।
यस्तै क्रिकेटर स्टुवार्ट ब्रोड पनि मनोनयनमा परेका छन् । उनी टेस्ट क्रिकेटमा ५ सय विकेट लिने दोस्रो बेलायती खेलाडी हुन् ।
फर्मुला वानका चालक लेविस ह्यामिल्टन पनि अवार्डका लागि मनोनयनमा परेका छन् ।
ह्यामिल्टनले यसै महिना सातौं पटक विश्व च्याम्पियनसिपको उपाधि जितेका थिए ।
बीबीसीले मनोनयनमा पर्ने अन्य खेलाडीको नाम भने बिस्तारै सार्वजनिक गर्ने जनएको छ ।
बीबीसीले समर्थकको मतको आधारमा हरेक वर्ष यस अवार्ड प्रदान गर्ने गर्छ ।
विजेताको घोषणा डिसेम्बर ३० मा गरिने बताईएको छ ।