एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज म्यानचेस्टर सिटीले पोर्टोसँग प्रतिस्पर्धा गर्ने छन् ।
सिटीले पोर्चुगिज क्लब पोर्टोसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
पोर्चुगलको भ्रमण गर्दा सिटी लगातार पाँचौ जित निकाल्ने लक्ष्यमा हुनेछ ।
समूह 'सी' मा रहेको सिटी अपराजित रहेको छ । सिटीले ४ खेलमा १२ अंक जोडेको छ ।
सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।
त्यसैले घरेलु टिमविरुद्ध सिटी दबाबबिना खेल्नेछ ।
पोर्टो भने सिटीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।
पोर्टो ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सिटीलाई हराउन सकेमा पोर्टो नकआउट चरणमा पुग्नेछ ।
यसै समूहको अर्को खेलमा ओलम्पियाकोसले मार्सेलीसँग खेल्नेछ ।
ओलम्पियाकोस ४ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मार्सेली अंक विहीन रहदै पुछारमा रहेको छ ।