बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद – 'पर्ख र हेर'को अवस्थामा सरकार

सोमबार, मंसिर १५, २०७७खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद – 'पर्ख र हेर'को अवस्थामा सरकार
Classic Tech Internet Ad

काठमाडौं । पूर्व निर्धारित घोषणा अनुसार घरेलु खेलकुद नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्नुपर्ने हो । तर मंसिरको दोस्रो साता बितिसक्दा समेत राष्ट्रिय खेलकुदको कुनै सुरसार छैन ।

कोभिड–१९ (कोरोना महामारी)का कारण चैतदेखि घरेलु खेलकुद ठप्प हुन पुग्यो । मंसिर दोस्रो सातासम्म आईपुग्दा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान)ले मात्र राष्ट्रिय टिमलाई चलायमान गराउन पहल गरेका छन् । अन्य अधिकांश खेलकुद संघ कोरोनालाई कारण देखाउँदै गतिहिन छन् ।

सरकारले खेलकुदका प्रशिक्षण र प्रतियोगितालाई अघि बढाउन अनुमती प्रदान गरिसकेको छ । तर खेलकुद संघहरु खेलाडीको सामान्य प्रशिक्षण समेत अघि बढाउन सकेका छैनन् । खेलकुद मन्त्रालय र राखेपले समेत यसमा आवश्यक पहलकदमी लिएको छैन ।

दुई वर्ष अघि नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापन समारोह अघि नवौंको विषयमा निर्णय गरिएको थियो । कार्यवहाक अध्यक्षको हैसियतमा उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।

बैठकले प्रतियोगिताको मिति समेत टुङ्गो लगाएको थियो, २०७७ फागुन २१ देखि २८ सम्म ।

प्रतियोगिताको निर्धारित मिति आउन झण्डै तीन महिना मात्र बाँकी छ । तर कोरोनाको कारण देखाउँदै खेलकुद संघले खेलाडीको सामान्य प्रशिक्षण समेत अघि बढाउन सकेका छैनन् ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल नवौं राष्ट्रिय खेलकुदको विषयमा आफुहरु पर्ख र हेरको रणनीतिमा रहेको बताए ।

उनले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि कम्तिमा तीन महिना आवश्यक पर्ने बताए ।

‘सुरुवाती १५ दिन स्थानीय तहमा प्रशिक्षण गर्ने र छनोट गर्ने, एक महिना जिल्ला तहमा प्रशिक्षण गर्ने र छनोट गर्ने, कम्तीमा एक महिना प्रदेश स्तरमा प्रशिक्षण गर्ने र त्यसपछि मात्र राष्ट्रिय खेलकुद आयोजना गर्ने हामीले भनेका छौ ।’ आईतबार एक पत्रकार सम्मेलनमा उनले भने ।

उनले खेलाउन र खेले भन्नका लागि मात्र राष्ट्रिय खेलकुद गर्न नहुनेमा जोड दिए ।

सदस्य सचिव सिलवालले पूर्वाधारका कारण नवौं नरोकिने स्पष्ट पार्दै स्विमिङ र सुटिङको समेत वैकल्पिक व्यवस्था गर्न सकिने उल्लेख गरे ।

‘पूर्वाधारणले नवौं रोकिदैन । पोखरामा दुई पूर्वाधारको मात्र अभाव छ । स्विमिङ पुल टेन्डर गर्ने प्रक्रियामा छौ । तर पोखरामा अन्तराष्ट्रिय स्तरको स्विमिङ पुलको समस्या छैन ।’ सदस्य सचिव सिलवालले भने, ‘सुटिङ रेन्ज पोखरामा छ । तर त्यहाँ गर्ने कि नगर्ने भन्ने प्रश्न छ । प्राविधिक टोलीको सुझाव अनुसार अघि बढ्न पर्छ ।’

सिलवालले नवौं राष्ट्रिय खेलकुद सरकारका कारण नरोकिने प्रष्ट पार्दै कोभिडले मात्र यसलाई प्रभावित पार्न सक्ने बताए ।

‘अब साता, १० दिनमा कोभिडको अवस्था सहज स्थितीमा गयो भने तोकिएको मितिमा गर्छौ । सहज अवस्थामा गएन भने कोभिडका कारण सर्न सक्छ ।’ उनले भने ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद २०७७ सालसम्म आईपुग्दा आठौं संस्करणमात्र सम्पन्न भएको छ । कोभिडका कारण यस वर्षसमेत राष्ट्रिय खेलकुद नहुने सम्भावना बढेको देखिन्छ ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालमा दुई राष्ट्रिय खेलकुद नियमित रुपमा आयोजना गर्न सफल भए । उनले ७३ सालमा पुर्वाञ्चल र ७५ सालमा मध्यपश्चिमाञ्चल (हालको लुम्बिनी प्रदेश) मा क्रमश राष्ट्रिय प्रतियोगिता नियमित गरेर प्रशंसा कमाएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि