• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सागको खर्च विवरण – आयोजना भन्दा पूर्वाधारमा खर्च
हिम बिक्रम केसी
आइतबार, मंसिर १४, २०७७ हिम बिक्रम केसी
सागको खर्च विवरण – आयोजना भन्दा पूर्वाधारमा खर्च

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना भन्दा पूर्वाधारमा धेरै रकम खर्च भएको देखिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आईतबार सार्वजनीक गरेको खर्च विवरणमा प्रतियोगिता आयोजना भन्दा पूर्वाधारमा धेरै खर्च गरेको देखिएको हो ।

सदस्य सचिव सिलवालले साग खेलकुद कार्यक्रममा १ अर्व ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ र सागको पूर्वाधारमा विगतका वर्षदेखि हालसम्म २ अर्व ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च देखिएको हो ।

सदस्य सचिव सिलवालले भुकम्पले प्रभावित बनेको खेलकुद पूर्वाधारलाई नयाँ स्वरुपमा ल्याउँदा खर्च धेरै भएको बताए ।

‘पूर्वाधार बनाएपछि लगानी हुन्छ । भुकम्पपछिको दशरथ रंगशालाको अवस्था कस्तो थियो भन्नेमा सबै जानकार छौ । नयाँ स्वरुपमा ल्याउँदा खर्च धेरै हुनु स्वभाविक हो ।’ पत्रकार सम्मेलनमा उनले भने ।

उनले सागको समयमा नेपालको खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन सफल भएको दाबी गरे ।

‘चार वर्षभित्र सातै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने अभियानमा अघि बढेका छौ । चार वर्षे कार्यकालमा सो लक्ष्य पुरा हुन्छ ।’ उनले भने ।

उनले पूर्वाधारको स्तर लगानी अनुसार हुने उल्लेख गर्दै सुविधायुक्त पूर्वाधार निर्माण गर्दा धेरै लगानी लाग्नु स्वभाविक भएको बताए ।

पूर्वाधारतर्फ दशरथ रंगशालामा गत आर्थिक वर्षदेखि अहिलेसम्म ६८ करोड रुपैयाँ, सातदोबाटोको हिटिङ पौडी पोखरी निर्माणमा २२ करोड ९२ लाख रुपैयाँ, सातदोबाटोको स्क्वास कोर्ट निर्माणमा ७ करोड ८० लाख रुपैयाँ, सातदोबाटोको तेक्वान्दो तथा कराँते एकेडेमी निर्माणमा १४ करोड रुपैयाँ, च्यासल रंगशाला निर्माणमा २६ करोड रुपैयाँ, लन टेनिस कोर्ट निर्माणमा ३ करोड ९३ लाख रुपैयाँ, लैनचौरको कभर्डहल मर्मतमा ३४ लाख, कीर्तिपुरको क्रिकेट मैदान तथा कभर्डहल मर्मत तथा निर्माणमा ३३ करोड ८१ हजार १ सय १ रुपैयाँ, पोखरा रंगशाला निर्माणमा १ अर्व ४ करोड, ५६ लाख, ८८ हजार ४ सय ८६ रुपैयाँ, पोखराको साग भेन्यु निर्माणमा ४ करोड ६० लाख रुपैयाँ र धनुषा कभर्डहल मर्मतमा ३५ लाख खर्च लागेको देखिएको छ ।

सागको पूर्वाधार भन्दा आधा बढी रकममात्र प्रतियोगितामा खर्च भएको देखिएको छ ।

सार्वजनीक हिसाब अनुसार केन्द्रिय सचिवालय खर्चमा ६ करोड ७४ लाख ५६ हजार ४ सय ७९ रुपैयाँ, पोखराको सचिवालयमा ७ करोड ६२ लाख ९८ हजार २ सय २४, जनकपुरको सचिवालयमा ८० लाख ३७ हजार २ सय १२ र बाँकी रकम विभिन्न समितीले खर्च गरेको देखिएको छ ।

साग आयोजनाका लागि राखेपले झण्डै साढे ५ अर्व रुपैयाँ सरकारसंग माग गरेको थियो । सरकारले झण्डै ४ अर्व रुपैयाँ सागको आयोजना र पूर्वाधारमा खर्च गर्न दिएको थियो । राखेपले साग कार्यक्रममा १ अर्व ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ र पूर्वाधारमा २ अर्व ८६ करोड १४ लाख, २८ हजार ९ सय ७३ रुपैयाँ गरि ४ अर्व १७ करोड ९२ लाख ७२ हजार ३४ रुपैयाँ खर्च गरेको देखिएको छ ।

प्रतियोगिता सम्पन्न भएको झण्डै एक वर्षपछि राखेप सदस्य सचिव सिलवालले सागको खर्च विवरण सार्वजनीक गरेका हुन् । साग आयोजना तथा सञ्चालन सम्बन्धि कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनीक गर्नुपर्ने उल्लेख छ । तर सदस्य सचिव सिलवालले काठमाडौं, जनकपुर र पोखराबाट हिसाब किताब समयमा नआउदा र कोभिडको महामारीका कारण समयमा हिसाब सार्वजनीक गर्न ढिलाई भएको दाबी गरे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP