• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न
खेलपाटी संवाददाता
आइतबार, मंसिर १४, २०७७ खेलपाटी संवाददाता
राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरमको आयोजना भएको छ ।

खेल, खेलाडी, संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतीसँगै आइतबार स्पोर्टस फोरमको आयोजना भएको हो ।

भर्चुअल रुपमा आयोजना भएको कार्यक्रममा विज्ञले गरेको प्रस्तुतीमा छलफल समेत भएको थियो ।

खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसंग सम्बन्धित गतिविधिबारे जानकारी दिन यस्तो कार्यक्रम हुने गरेको छ ।

कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आफ्नो प्रस्तुती पेस गरेका थिए । त्यस अवसरमा परेराले ओलम्पिक मूल्य र मान्यताबारे सजगता ल्याउन विद्यालय स्तरमा कार्यक्रम चलाउन आवश्यक रहेको बताए ।

यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन र्‍युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्ने क्रममा अहिलेको समयमा वातावरणको विषय सबैभन्दा गहन भएको बताउँदै यसबारे जनजेतना जगाउन खेल क्षेत्रले सबैभन्दा बढी भूमिका खेल्नु पर्ने बताए । उहाँले अब विश्व खेलकुदका लागि वातावरण उत्तिकै महत्त्वको मुद्दा भएको बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो प्रस्तुती दिनु भएको थियो । यस्तै राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे प्रकाश पारेका थिए ।

कार्यक्रमको सुरुमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रम नागरिक, उड्डयन तथा संस्कृति मन्त्री योगेश भट्टराईको प्रमुख अतिथिमा भएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताउनु हुँदै अब नेपाली खेलकुदका प्रतियोगिता आयोजना सुरु हुने बताए । उनले त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको बताए ।


यस्तै कार्यक्रमको अन्त्यमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले कार्यक्रममा सहभागीले यसबाट पर्याप्त जानकारी प्राप्त गर्न सकेको बताए । उनले चाँडै हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबारे पनि जानकारी दिएका थिए ।

कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण पदक दिलाउने १३ संघलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP