एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले एभर्टनलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा लिड्सले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको मैदानमा लिड्सलाई जित दिलाउन राफिन्हाले निर्णायक गोल गरे ।
खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई महत्वपूर्ण जित दिलाएका हुन् ।

जितसँगै लिड्सले १० खेलमा १४ अंक जोडेको छ । लिड्स तालिका ११ औं स्थानमा समेत उक्लिएको छ ।
एभर्टन भने १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा वेस्ट ब्रुमले सेफिल्डलाई १-० ले हराएको छ ।
जितसँगै ६ अंक जोडेको वेस्ट ब्रुम १७ औं स्थानमा उक्लिएको छ ।
सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ ।