• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘एक नगरपालिका एक फुटबल मैदान’
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर १२, २०७७ खेलपाटी संवाददाता
‘एक नगरपालिका एक फुटबल मैदान’

काठमाडौं । फुटबलको विकास तथा विस्तार गर्नको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल नगरपालिका संघबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सातदोबाटोस्थित एन्फा भवनमा शुक्रबार नगरपालिका संघ र एन्फाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले दुई वर्षे सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता आवश्यकता अनुसार थप गरिने समेत बताईएको छ ।

एन्फाले ‘ऐतिहासिक सम्झौता’ बताएको यस सम्झौतामा मुख्य १० बुदाहरु समेटिएका छन् । जसमा नगरपालिकाले प्रतियोगिता गराउने, ब्यवस्थापन गर्ने, पूर्वाधार निर्माण गर्न जस्ता कार्यमा एन्फाको प्राविधिक सहयोग रहने छ ।

सम्झौता पत्रमा खुलस्त रुपमा सबै उल्लेख नगरिएपनि पहिलो पक्ष नगरपालिका संघ रहने र दोस्रो पक्ष एन्फा रहनेछ ।

सम्झौतासँगै बनेको कार्यगठन समितिमा एन्फा र नगरपालिका समान ३ सदस्य रहनेछन् । कार्यसमितिले अर्काे हप्ताबाटनै सम्झौता पत्रमा भएका १० बुदाको कार्यन्वयन गर्नतर्फ लाग्ने बताईएको छ ।

यस सम्झौताले देशभर रहेका २ सय ९३ स्थानिय निकाय फुटबलसँग जोडिएको छ । र, स्थानिय निकायमा फुटबल विकासको बाटो खुलेको बताईएको छ ।

सम्झौता अनुसार सबैभन्दा महत्वपूर्ण बुदाको रुपमा ‘एक नगरपालिका एक फुटबल मैदान’लाई लिईएको छ ।

दुबै पक्षले यस सम्झौता ‘एक नगरपालिका एक फुटबल मैदान’ नारासहित अगाडी बढ्ने बताएका छन् ।

यस्तै जिल्ला फुटबल संघहरुलाई आर्थिक अनुदान दिनका लागि नगरपालिकाहरुको बजेट निर्माण र बिनियोजनका आवश्यक पहल गर्नेछ ।

नगरपालिकाले सात वटै प्रदेशमा अन्तर नगरपालिका तथा नगरपालिका भित्रका क्लब, विद्यालय स्तमा फुटबल प्रतियोगिताहरु सञ्चानल गर्नको लागि पहल गर्नेछ ।

यस्तै ग्रासरुट फुटबल संचालन गर्नका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने देखि फुटबलमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, रेफ्री आदि सरोकारवाला नगरपालिकामा पुरस्कृत गर्नका लागि नीतिगत ब्यवस्था र पहल गर्ने बताईएको छ ।

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष शेर्पाले नगरपालिकाकै सहयोगमा पहिलो पटक मोफसलमा अन्तराष्ट्रिय महिला साफ प्रतियोगिता आयोजना गर्न सफल भएको बताए ।

उनले विगत लिगमा काठमाडौं नगरपालिका, ललितपुर उपमहानगरपालिकाले ए डिभिजन क्लबमा गरेको योगदानको स्मरण गर्दै यस सम्झौताले फुटबलमा नयाँ आयाम भित्राएको बताउँदै यस सम्झौता कार्यान्वयन गर्न सके कोशेढुंगा सावित हुने बताए ।

यस्तै नगरपालिका संघका अध्यक्ष श्रेष्ठ ले नयाँ बनेको खेलकुद ऐनमा केन्द्रिय सरकार हाबी भएको बताउँदै दुई संस्थाको सहकार्यले फुटबल विकासमा नयाँ आयम बढाउने बताए ।

एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले नगरपालिकासँग सम्झौता गर्न अध्यक्ष कर्माले गरेको मेहनतलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम निरन्तर रुपमा संचालन हुन पाए देशको फुटबलले फड्को मार्ने बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
रिसलाई जितमा बदलेकी सागोरिका
रिसलाई जितमा बदलेकी सागोरिका
चिप्लिएको सपना, चुकेको एन्फा !
चिप्लिएको सपना, चुकेको एन्फा !
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
नाभासले छाडे मेसीको बाल्यकालको क्लब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
क्युएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
क्युएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
रिसलाई जितमा बदलेकी सागोरिका
रिसलाई जितमा बदलेकी सागोरिका
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP