काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उदयमान खेलाडीद्वय अभिषेक रिजाल र मञ्जली योन्जनलाई पूर्व घोषित पुरस्कार प्रदान गरेको छ ।
एन्फाले शुक्रबार आयोजित एक कार्यक्रममा अभिषेकलाई यामाहाको मोटरसाइकल र मञ्जलीलाई स्कुटर हस्तान्तरण गरेको हो ।
एन्फाले गत वर्षको ‘एन्फा दिवस’ को अवसरमा पुरुषतर्फको उदयमान खेलाडी अभिषेक र महिलातर्फ मन्जलीलाई पुरस्कारको घोषणा गरेको थियो ।

त्यस्तै एन्फाले गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्ड भगिरथ आलेलाई दिने निर्णय गरेको थियो । उनीहरुले पनि मोटरसाइकल प्राप्त गरे ।
त्यस्तै पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्री र महिलातर्फ अस्मिता मानन्धरलाई उत्कृष्ट रेफ्रीबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो । लवले मोटरसाइकल र अस्मिताले स्कुटर प्राप्त गरिन् ।
एन्फाले हरेक वर्षको बैशाख २२ गतेलाई 'एन्फा दिवस'को रुपमा मनाउने गरेको छ ।
कोरोना महामारीको कारण एन्फाले यस वर्ष एन्फा दिवस मनाएन ।
