एजेन्सी । इंग्लिस क्लब टोटेनहमले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्सलाई ४-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा कार्लोस भिनिसियस चम्किएपछि टोटेनहमले सहज जित निकालेको हो ।
खेलको १६ औं मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ६३ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दा टोटेनहम ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई ४-० को जित दिलाए ।
जितसँगै समूह जे को टोटेनहमले ४ खेलमा ९ अंक जोडेको छ । टोटेन यस समूहको दोस्रो स्थानमा रहेको छ ।
लुडोगोरेट्स अंक विहीन रहदै पुछारमा रहेको छ ।