एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा नर्वेको मोल्डे एफकेलाई ३-० ले पराजित गर्दै आर्सनल नकआउट चरणमा पुगेको हो ।
आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक एक गोल गरे ।
मोल्डेको मैदानमा पेपेले ५० औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा नेल्सनले गोल गर्दा आर्सनल २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा बालोगनले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।
यस जितसँगै समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ ।
आर्सनलले ४ खेलमा १२ अंक जोडेको छ । आर्सनल समूहको शीर्ष स्थानमा रहेको छ ।
मोल्डे ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
मोल्डेको पनि अन्तिम ३२ मा पुग्ने सम्भावना कायम रहेको छ ।
