एजेन्सी । इंग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सिमित दर्शकलाई प्रवेश दिईने भएको छ ।
इंग्ल्यान्ड सरकारले बिहीबार लिभरपुल, आर्सनल, चेल्सी लगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो ।
इंग्ल्यान्ड सरकारले डिसेम्बर २ पछि सिमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।
दर्शकलाई मैदान प्रवेश अनुमति मिलेको अन्य क्लबमा टोटेनहम, क्रिस्टल प्यालेस, ब्राइटन, एभर्टन, फुलहम, साउथह्याम्पटन र वेस्ट ह्याम रहेका छन् ।
इंग्ल्यान्ड सरकारको निर्णयसँगै २ हजार दर्शकले मैदानमा बसेर खेल हेर्न पाउने छन् ।
इंग्ल्यान्डमा डिसेम्बर २ बाट लकडाउनको अन्त्य हुँदैछ ।
लकडाउनको अन्त्यपछि कम जोखिम क्षेत्रहरुमा दर्शकलाई प्रवेशको अनुमति दिन लागिएको हो ।
कोरोना भाईरसको महामारीपछि इंग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा भईरहेको छ ।
गत मार्चपछि इंग्ल्यान्डको खेलकुद गतिविधिमा दर्शकलाई निषेध गरिएको थियो ।