एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले टर्किस क्लब इस्तानबुल बासाकसेरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि युनाईटेडले सहज जित निकालेको हो ।
खेलको सातौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
खेलको १९ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए ।

३५ औं मिनेटमा मार्कस राष्फोर्डले पेनाल्टीमा गोल गर्दा युनाईटेड ३-० ले अघि रह्यो ।
खेलको ७५ औं मिनेटमा डेनिजले गोल गर्दै इस्तानबुललाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा ड्यानियल जेम्सले गोल गर्दै युनाईटेडलाई ४-१ को सहज जित दिलाए ।
जितसँगै समूह 'एच' को युनाईटेडले ४ खेलमा ९ अंक जोडेको छ ।
समूहको शीर्ष स्थानमा रहेको युनाईटेड नकआउट चरणको नजिक समेत पुगेको छ ।
इस्तानबुल ३ अंक जोडेर पुछारमा रहेको छ ।
