एजेन्सी । इंग्लिस क्लब चेल्सी यूइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब रेनसलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले नकआउट चरणमा स्थान पक्का गरेको हो ।
रेनसको मैदानमा खेलको २२ औं मिनेटमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए ।
खेलको ८५ औं मिनेटमा सेह्रोउ गुइरास्यले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा ओलिभर जेरुडले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
जितसँगै चेल्सीले समूह 'इ' बाट दुई खेल अगाबै नकआउट चरणमा स्थान बनाएको हो ।
चेल्सीले ४ खेलमा १० अंक जोडेको छ । चेल्सी शीर्ष स्थानमा रहेको छ ।
रेनस १ अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा सेभियाले एफसी क्रास्नोडरलाई २-१ ले हराएको छ ।
सेभियाको जितमा इभान राकिटिच र म्युनिर इल हडादीले एक एक गोल गरे ।
क्रास्नोडरका वान्डरसनले एक गोल फर्काए ।

जितसँगै सेभिया पनि नकआउट चरणमा पुगेको छ ।
सेभियाले ४ खेलमा १० अंक जोडेको छ । सेभिया समूहको दोस्रो स्थानमा रहेको छ ।