एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो ।
किभको मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे । सर्जिनो डेस्ट र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा डेस्टको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो ।
खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

७० औं मिनेटमा मार्टिनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
जितसँगै समूह 'जी' बार्सिलोनाले ४ खेलमा १२ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोना अपराजित रहेको छ ।
किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।