शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा पुगेर मुख्यमन्त्रीले भने, ‘कर्णालीको योजना बनाईदिनुस’

मंगलबार, ०९ मंसिर २०७७खेलपाटी संवाददाता
एन्फा पुगेर मुख्यमन्त्रीले भने, ‘कर्णालीको योजना बनाईदिनुस’

एन्फा कम्प्लेक्समा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको फुटबल विकासको योजना बनाईदिन अखिल नेपाल फुटबल संघ (एन्फा)संग आग्रह गरेका छन् ।

मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुगेर मुख्यमन्त्री शाहीले केन्द्रिय फुटबल संघसंग प्रदेशको फुटबल विकासको योजना बनाईदिन आग्रह गरेका हुन् ।

उनले समग्र प्रदेशको फुटबल विकासको योजनामा सहयोग गरिदिन आग्रह गर्दै बजेटको कुनै अभाव नहुने प्रतिबद्धता जनाए ।

‘एन्फामा प्राविधिक जनशक्ति छ । समग्र प्रदेशको फुटबल विकासको कार्यक्रम बनाईदिनुस । पैसाको कुनै कमी हुने छैन ।’ एन्फाका अधिकारी समक्ष मुख्यमन्त्री शाहीले भने ।

मुख्यमन्त्री शाही समक्ष एन्फाले आफ्ना योजना तथा कार्यक्रम समेत प्रस्तुत गरेको थियो । मुख्यमन्त्री शाहीलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कर्णाली प्रदेशमा फुटबलको राम्रो सम्भावना रहेको बताएका थिए ।

उनले प्रदेश सरकारसंग सहकार्य गर्दै कर्णाली प्रदेशमा प्रशिक्षक, रेफ्री र ग्रासरुटका कार्यक्रम सञ्चालन गर्न एन्फा तयार रहेको उल्लेख गरेका थिए ।

‘कर्णाली प्रदेशमा फुटबलको सम्भावना धेरै छ । प्रदेश सरकारसंग मिलेर प्रशिक्षक, रेफ्री र ग्रासरुटको कार्यक्रम तत्काल सुरु गर्न सकिन्छ ।’ शेर्पाले मुख्यमन्त्री शाहीलाई भने ।

एन्फा अध्यक्ष शेर्पाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा धेरै दर्शक अट्ने प्रदेश स्तरको रंगशाला बनाउन मुख्य मन्त्रीलाई सुझाव दिएका थिए ।

‘सुर्खेतमा दर्शक अट्ने प्रदेश स्तरको रंगशाला बनाउनुपर्छ । नवौं राष्ट्रिय खेलकुद पनि कर्णालीमा गर्नुपर्ने छ । बाहिरबाट राम्रो टिम आउने भएकाले पनि रंगशाला बनाउनुपर्छ ।’ शेर्पाले भनेका थिए ।

एन्फा अध्यक्ष शेर्पाले कर्णाली प्रदेशका अन्य जिल्लामा फुटबलको प्रशिक्षण केन्द्र सहित प्रशिक्षणका लागि आर्टिफिसियल टर्फ बनाउन मुख्यमन्त्रीलाई सुझाएका थिए ।

‘भौगोलिक अवस्थाका कारण कर्णाली प्रदेशका माथिल्ला भेगका जिल्लामा प्राकृतिक मैदान बनाउन कठिन छ । प्रशिक्षणका लागि आर्टिफिसियल मैदान बनाएर फुटबल गतिविधि अघि बढाउन सकिन्छ ।’ शेर्पाले भने ।

एन्फाले कर्णाली प्रदेशमा उमेर समूहका नियमित प्रतियोगिता सहित, ग्रासरुट, जिल्ला, स्कुल र क्लब स्तरीय प्रतियोगिता सञ्चालन गर्न मुख्यमन्त्रीलाई सुझाएको छ ।

मुख्यमन्त्री शाहीले एन्फाले योजना प्रस्ताव गरेपछि छलफल अघि बढाउन सहज हुने बताएका थिए । उनले एन्फाले बनाएको प्रस्तावलाई कर्णाली प्रदेशमै बसेर अन्तिम रुप दिने योजना सुनाएका थिए ।

मुख्यमन्त्री शाहीले एन्फा कम्प्लेक्समा रहेको आर्टिफिसियल टर्फको समेत अवलोकन गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा