एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको खेल खेल्ने भएका छन् ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मंगलबार सलाहले एटलान्टाविरुद्ध खेल्न सक्ने बताएका छन् ।
'मोहमदले टिमसँग हिजो ट्रेनिङ गरेका छन् । उनी राम्रो देखिएको छ,' क्लोपले भने, 'टेस्ट नेगेटिभ आएको छ । उनी उपलब्ध हुने छन् ।'
लिभरपुलले बुधबार राति इटालियन क्लब एटलान्टाविरुद्ध घरेलु मैदानमा खेल्दैछ ।
कोरोना भाईरसको संक्रमण भएपछि सलाह टिम बाहिर रहदै आएका थिए ।
राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका सलाहलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो ।
कोरोना देखिएपछि उनले टोगोविरुद्धको दुई खेल गुमाएका थिए ।
यस्तै उनले प्रिमियर लिगमा लेष्टरसँगको खेल समेत गुमाएका थिए ।