एजेन्सी । इंग्लिस क्लब क्रिस्टल प्यालेसका फरवार्ड विल्फ्रिड जाहालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
क्रिस्टलका प्रशिक्षक रोय होड्सनले जाहालाई कोरोना देखिएको पुष्टि गरेका छन्।
कोरोना देखिएपछि जाहा सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
कोरोना देखिएपछि २८ वर्षीय जाहाले बर्नलीसँगको खेल समेत गुमाएका थिए ।
उक्त खेल बर्नलीले १-० को जित निकालेको थियो ।
जाहा क्रिस्टलको मुख्य खेलाडी हुन् । जाहाले यस सिजन ५ गोल गरिसकेका छन् ।