एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्धको खेल गुमाउने भएका छन् ।
रियलले इन्टरसँग खेल्ने टिममा बेन्जिमालाई राखेको छैन ।
चोटका कारण इटाली भ्रमण गर्ने २१ सदस्सीय टिममा बेन्जिमा नपरेका हुन् ।
फ्रान्सका बेन्जिमाले गत नोभेम्बर ८ मा भएको भ्यालेन्सियाविरुद्धको खेलपछि खेलेका छैनन् ।
रियलले बुधबार राति इन्टरसँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'बी' मा रहेको रियलका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
रियल ४ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
यस्तै डिफेन्डर सर्जियो रामोसले पनि इन्टरसँगको खेल गुमाउने छन् ।
ह्यामस्ट्रिङ चोटका कारण उनी टिम बाहिर रहेका हुन् ।
मिडफिल्डर कासिमिरो टिममा फर्किएका छन् ।
कोरोना संक्रमणपछि उनी यस अघि टिममा थिएनन् ।
