एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा रियल बेटिसलाई ४-० गोल अन्तरले पराजित गर्दै बिल्बाओले सहज जित निकालेको हो ।
घरेलु मैदानमा बेटिसका भिक्टोर रुइजको आत्मघाती गोलबाट बिल्बाओले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ३३ औं मिनेटमा एण्डर कापाले गोल गर्दै बिल्बाओलाई २-० को अग्रता दिलाए ।

खेलको ५९ औं मिनेटमा इकर मुनियनले गोल गर्दा बिल्बाओ ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६८ औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्बाओलाई ४-० को जित दिलाए ।
जितसँगै बिल्बाओ आठौं स्थानमा उक्लिएको छ ।
बिल्बाओले ९ खेलमा १२ अंक जोडेको छ ।
बेटिस १२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
