इंग्ल्यान्डमा ४ हजार दर्शकलाई अनुमति !
सोमबार, ०८ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड सरकारले सिमित दर्शकलाई रंगशालामा बसेर खेल हेर्ने अनुमति दिएको छ ।
इंग्ल्यान्ड सरकारले सोमबार डिसेम्बर २ पछि सिमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।
इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्यान्डमा लगाईएको लकडाउन अन्त्यपछि ४ हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने बताएका छन् ।
इंग्ल्यान्डमा डिसेम्बर २ बाट लकडाउनको अन्त्य हुँदैछ ।
तर, कम जोखिम क्षेत्रहरुमा मात्र दर्शकलाई प्रवेशको अनुमति दिईने बताईएको छ ।
कोरोना भाईरसको महामारीपछि इंग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा भईरहेको छ ।
गत मार्चपछि इंग्ल्यान्डको खेलकुद गतिविधिमा दर्शकलाई निषेध गरिएको थियो ।







%20(2)-1765947464452.png&w=3840&q=75)





-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)
