सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

वेस्ट इन्डिजका किमोले होबर्टबाट बिग बास खेल्ने

बुधबार, ०३ मंसिर २०७७खेलपाटी संवाददाता
वेस्ट इन्डिजका किमोले होबर्टबाट बिग बास खेल्ने
mustang rice ad

एजेन्सी । वेस्ट इन्डिजका अलराउण्डर किमो पाउले होबर्ट हुरिकेन्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् ।

होबर्टले बुधबार विदेशी खेलाडीको कोटामा किमोलाई अनुबन्धन गरिएको जनाएको छ ।

२२ वर्षीय पाउलले पहिलो पटक बीबीएल खेल्न लागेका हुन् ।

अष्ट्रेलियन विश्व विजेता कप्तान तथा प्रशिक्षक रिक्की पोण्टिङको सिफारिसमा होबर्टले पाउललाई अनुबन्धन गरेको हो ।

पाउलले सन् २०१८ मा अफगानिस्तानविरुद्ध टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका थिए । त्यस यता उनले १८ खेलमा २४ विकेट लिंदै १ सय ४२ रन बनाउन सफल भएका छन् ।

पाउल अहिले न्युजिल्याण्डमा वेस्ट इन्डिजको टिमसँग व्यस्त रहेका छन् । न्युजिल्यान्डविरुद्धको सिरिज सकिएसँगै उनी होबर्टसँग जोडिने छन् ।

'आउने बीबीएलको लागि होबर्टमा जोडिन पाउँदा निकै उत्साहित छु । र, यस मौकाको लागि आभारी समेत छु,' होबर्टसँग अनुबन्धित भएपछि पाउलले भने , 'बीबीएलको समर्थक हुँ र जहिल्यै खेल हेर्ने गर्थें । रिक्की पोण्टिङसँग आईपीएलमा होबर्ट र तास्मनिया क्रिकेटको बारेमा छलफल भएको थियो ।'

होबर्टका प्रशिक्षक आदम ग्रिफ्टले पाउलको आगमनले टिममा उत्साह बढेको बताए ।

होबर्टले आफ्नो अन्तिम विदेशी खेलाडी बिहीबार सार्वजनिक गर्दैछ । यसपटक नेपाली ग्लोबल आइकन सन्दीप लामिछानेले समेत होबर्टबाट खेल्न सक्ने अनुमान गरिएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

Bajaj Pulsar Motorcycle Ad
काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक