एजेन्सी । टोटेनहमका फरवार्ड सन ह्युङ मिन प्रिमियर लिगको 'प्लेयर अफ दि मन्थ' चुनिएका छन् ।
प्रिमियर लिगको अक्टोबर महिनाको उत्कृष्ट खेलाडी बन्दै सनले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
दक्षिण कोरियाका सनले अक्टोबरमा टोटेनहमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले अक्टोबरमा ४ गोल गरेका थिए ।
उनको उत्कृष्ट प्रदर्शनसँगै टोटेनहम प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ ।
टोटेनहमले ८ खेलमा १७ अंक जोडेको छ ।
उल्भ्सका प्रशिक्षक नुनो सान्टोले 'म्यानेजर अफ दि मन्थ' को अवार्ड जितेका छन् ।