काठमाडौं । युवा मिडफिल्डर दर्शन गुरुङले राष्ट्रिय पुरुष फुटबल टिमबाट डेब्यु गरेका छन् ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा बंगलादेशविरुद्ध जारी खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै दर्शनले राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।
प्रशिक्षक बाल गोपाल महर्जनले दर्शनलाई रबि पासवानको स्थानमा मैदान प्रवेश गराएका हुन् । इलामका दर्शन खेलको ६८ औं मिनेटमा मैदान छिरेका थिए ।
एन्फा एकेडेमीबाट उत्पादित दर्शन ए डिभिजन लिगमा न्यूरोड टिम एनआरटीबाट प्रतिस्पर्धा गरेका थिए ।
उनी पछिल्लो एन्फा ब्याजबाट राष्ट्रिय टिममा डेब्यु गर्ने पहिलो खेलाडी हुन् ।
यस अघि उनले नेपालको प्रतिनिधित्व गर्दै घरेलु मैदानमा आयोजना भएको यू–१८ प्रतियोगिता र यू-१९ एएफसी च्याम्पियनसिप छनोट खेलेका थिए ।
दोस्रो हाफमा प्रशिक्षण महर्जनले भरत खवास र जर्ज प्रीन्स कार्कीलाई मैदान प्रबेश गराएका छन् ।
कोरोना महामारिबीच नेपाल र बंगलादेशले दुई मैत्रिपुर्ण प्रतियोगिता खेल्न लागेका हुन् । अव अर्काे खेल मंसिर २ गते हुनेछ ।