काठमाडौं । युवा मिडफिल्डर एरिक बिष्टले राष्ट्रिय पुरुष फुटबल टिमबाट डेब्यु गरेका छन् ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा बंगलादेशविरुद्ध पहिलो हाफमै मैदान प्रवेश गर्दै एरिकले राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।
प्रशिक्षक बाल गोपाल महर्जनले एरिकलाई विक्रम लामाको स्थानमा मैदान प्रवेश गराएका हुन् । उनी खेलको ४१ औं मिनेटमा मैदान छिरे ।
एरिक गत सिजन ए डिभिजन लिगमा न्यूरोड टिम एनआरटीबाट प्रतिस्पर्धा गरेका थिए ।
यस अघि उनले नेपालको प्रतिनिधित्व गर्दै यू–१८ साफ च्याम्पियनसिपको उपाधि दिलाएका थिए ।
गत महिना मात्रै कोरोना संक्रमित भएका एरिक रिकभरी हुँदै मैदान फर्किएका हुन् ।
यस अघि नेपाली टिमका प्रशिक्षक महर्जनले डिफेन्डर विकाश खवासलाई सुरुवाती एघारमै डेब्यु गराएका थिए ।
पहिलो हाफको खेल सकिँदा नेपाल १–० गोल अन्तरले पछि परेको छ । बंगलादेशका लागि नविब नवाज जिवनले खेलको १० औं मिनेटमा गोल गरेका थिए । उनले डिबक्स भित्र प्राप्त बललाई वान टचमा पोष्टको दिशा थिए ।