एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले रिपब्लिक आयरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
वेम्बलीमा इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी मग्वाएर, जाडोन सान्चो र डोमिनिक लेविनले एक एक गोल गरे ।
खेलको १८ औं मिनेटमा कप्तान ह्यारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा सान्चोले गोल गर्दा इंग्ल्यान्ड २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ५६ औं मिनेटमा लेविनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।
यससँगै इंग्ल्यान्डले रिपब्लिक आयरल्याण्डविरुद्ध लामो समय पछि जित निकालेको छ ।
इंग्ल्यान्डले सन् १९८५ पछि पहिलो पटक जित निकालेको हो ।
आयरल्याण्डविरुद्धको खेलमा युवा मिडफिल्डर जुड बेलिङहमले राष्ट्रिय टिममा डेब्यु गरे ।
खेलको ७३ मा मैदान प्रवेश गरेका उनी इंग्ल्यान्डमा लागि डेब्यु गर्ने तेस्रो सर्वाधिक कान्छा खेलाडी बने ।
बोरुसिया डर्टमण्डका बेलिङहमले १७ वर्ष १ सय ३७ दिनमा राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

अर्को मैत्रीपूर्ण खेलमा वेल्सले अमेरिकासँग गोल रहित बराबरी खेलेको छ ।